२०७८, ९ आश्विन शनिबार

दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा आयोजना गर्न सम्भाव्यता अध्ययन

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना हुने सम्भावना बढेर गएको छ । खेलकूद आयोजना गर्नका लागि शून्य पूर्वाधार रहेको कर्णालीमा पहिले पूर्वाधार विकास गर्ने र अनि मात्र प्रतियोगिता आयोजना गर्ने गरी सरकार अघि बढेको बताइएको छ ।

आठौं साग नेपालगञ्जमा भइरहेका बेला नवौं साग कर्णालीमा आयोजना गरिनुपर्ने भन्दै कर्णाली प्रदेश सरकारले राष्ट्रिय खेलकूद परिषद्लाई अनुरोध गरेको थियो । उक्त अनुरोधपश्चात् केही दिन पहिले क र्णालीमा दशौं साग आयोजनाको सम्भाव्यता अध्ययन गरेर परिषद्का सदस्य सचिव सहितको टोली काठमाडौं फर्किएको छ । सदस्य सचिवको नेतृत्वमा आएको राखेपको उक्त टोलीले कर्णालीवासीमा प्रतियोगिता आयोजना हुने आशा बाँडेर गएको छ ।

नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना गर्ने तयारी गरिरहेको राष्ट्रिय खेलकूद परिषद्ले शून्य संरचना भएको कर्णालीमा दशौं प्रतियोगिता कर्णालीमा आयोजना गर्न सम्भाव्यता अध्ययन आयोजना गर्ने तयारी थालेको हो । परिषद्का सदस्य सचिव रमेश सिलवालले २०७९ कात्तिक भित्रमा कर्णालीमा दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए । परिषद्ले एक महिनादेखि कर्णालीमा दशौं राष्ट्रिय खेलकूद प्रतियोगिताको सम्भाव्यता अध्ययनका लागि प्राविधिकहरु खटाएको छ । शून्य संरचना भएको कर्णालीमा दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण छ ।

हरेक दुई–दुई वर्षमा हुने प्रतियोगिताको नवौं संस्करण २०७७ को फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । त्यसलगत्तै दशौं खेलकूदको तयारी थाल्दा कर्णालीमा आवश्यक संरचना निर्माण असम्भव भएकाले अहिलेदेखि नै तयारी थालिएको सदस्य–सचिव सिलवालले बताए ।

‘‘सामान्यतया एउटा प्रतियोगिता सम्पन्न भएपछि अर्को प्रतियोगिताको मिति तोकेर तयारीमा जुट्थ्यौँ’’, राखेपका सदस्य सचिव सिलवालले भने, ‘‘कर्णालीमा शून्य संरचना भएकाले यहाँ अहिलेदेखि नै तयारीमा जुटेका हौँ ।’’ परिषद्ले दशौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आवश्यक पर्ने संरचनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । एक महिना लगाएर तयार पारिएको डिपिआरमा प्रतियोगिताका लागि आवश्यक पर्ने खेलकूदका संरचना निर्माण गर्न पाँच अर्ब लाग्ने उल्लेख छ ।

‘‘कर्णालीमा अहिलेसम्म खेलकूद गतिविधि सञ्चालन गर्नका लागि एउटै पनि स्थायी संरचना छैन’’, सदस्य सचिव सिलवालले भने, ‘‘शून्यबाट संरचना निर्माणको काम गर्नुपर्ने भएकाले प्रतियोगिताको मिति घोषणा नहुँदै काम सुरु गरेका हौँ ।’’ दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता उनले दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय तहहरु सकारात्मक रहेको बताए । दशौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आएका सदस्य सचिव सिलवालले मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, वीर ेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी लगायतलाई भेटेका थिए । भेटका क्रममा मुख्यमन्त्री शाहीले खेलकूदका संरचना निर्माणका लागि प्रदेश सरकारले सघाउने प्रतिबद्धता जनाएका छन् । ‘‘कर्णालीमा राष्ट्रिय खेलकूद प्रतियोगिताको आयोजना हुनु महत्वपूर्ण कुरा हो’’, मुख्यमन्त्री शाहीले भने, ‘‘प्रदेश सरकारले आर्थिक, भौतिक, प्राविधिकरुपमा संरचना निर्माणमा सघाउँछ ।’’ उनले अघिल्लो आर्थिक वर्षमा खेलकूदका संरचना निर्माणका लागि छुट्याइएको बजेट कार्यान्वयन हुन नसकेर फ्रिज भएकाले अबको बजेट दशौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि केन्द्रित गरिने बताए ।

सदस्य सचिव सिलवालले कर्णालीमा मंसिरबाटै हिउँ पर्न सुरु हुने भएकाले त्यसअघि नै प्रतियोगिता आयोजना गर्न उपयुक्त हुने बताए । ‘‘कर्णालीका पहाडी जिल्लाहरुमा पनि एक–एक वटा खेल सञ्चालन गर्ने उद्देश्य हामीले लिएका छौँ’’, उनले भने, ‘‘मंसिरको सुरुब ाट ै हि उ ँ पर्न े भएक ाल े कात्तिकभित्रै प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य परिषद्को छ ।’’ प्रतियोगिताका लागि सुर्खेतमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने छ । यसका लागि दुई अर्ब रुपैया ँ ला ग्न े राष्ट्रिय ख ेलकूद परिषद्ले जनाएको छ । सुर्खेतमा निर्माण हुने रंगशाला १० हजार दर्शक क्ष् ा मत ाक ा े ह ुन ेछ । य ा ेस ँ ग ै अन्तर्राष्ट्रिय पौडी संघको मापदण्ड अनुसारको पौडी पोखरी र कवर्ड हल पनि निर्माण गरिने छ ।