काेरियामा कर्णाली प्रदेश सम्पर्क मञ्च
बैदेशिक रोजगारीको शिलशिलामा कर्णाली प्रदेशबाट दक्षिण कोरियामा रहेका नेपालीहरु संगठित भएका छन् । कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर कर्णाली प्रदेशबाट रोजगारीको शिलशिलामा कोरियामा रहेका नेपालीहरूको पहिलो पटक यति ठूलो संगठन तयार भएको हो ।
“कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान“ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सम्पर्क मञ्च, दक्षिण कोरियाको यही जनवरी २६मा स्थापना गरेका हुुन । कोरियामा रोजगारीको शिलशिलमा रहेका कर्णालीबासीहरुको सुवन सहरको खप्तड रेस्टरेन्टमा भएको भेलाले मञ्चको अध्यक्षमा पदम बहादुर बस्नेत (प्रकाश) को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
मञ्चको बरिष्ठ उपाध्यक्षमा केपी कुसारी उपाध्याय तथा उपाध्यक्षमा धर्म तिहारी र प्रदिप खत्री निर्वा्चित हुुुनु भएको छ । महासचिवमा भक्तराज योगी, कोषाध्यक्षमा कमल केसी र सचिवमा भिम रोकाय निर्वा्चिन हनुुभएको छ ।
सम्पर्क मञ्चको सदस्यहरुमा गणेश कोइराला, संजय वली, डलुु भण्डारी, हरिस चन्द्र, भेषबहादुर थापा र तिलक हमाल रहनुु भएको छ भेला संयोजक लक्ष्मीनारायाण बस्नेत र एनसीसीका उपाध्यक्ष तुलस गुरुङको प्रमुुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सम्पर्क समितिले विशेष गरेर कोरियामा भएका कर्णालीबासीको समस्याको बारेमा काम गर्नेछ र साथै सम्पूूर्ण नेपालीहरुको हक र हितका लागि अन्य सामाजिक संघसंस्थाहरुसंग सहकार्य गर्दै अगाडि बढ्नेछ । अध्यक्ष बस्नेतले भन्नुुभयो, ‘मातृ भूूमिको झझल्को मेटाउन र यहाँ केही नेपाली साथीहरुलाई समस्या परे सहयोग मिलोस भनेर संगठित भएका हौँ । साथै हामीले विविध सामाजिक तथा सांसकृतिक कार्यक्रममा जोड दिने लक्ष्य पनि लिएका छौँ । ’