२०८१, २ जेष्ठ बुधबार

विश्वासले उजाडेको सम्पत्ति, आमाछोरा अंश खोज्दै: ‘घर आउँदा न सम्पत्ति, न पैसा’

सुर्खेत । वीरेन्द्रनगर वडा नं. १० का कमल मल्ल र उनकी आमालाई अहिले बज्रपात परेको छ । श्रीमती तथा अन्य दुई छिमेकीका कारण उनीहरुको पाँच कट्टा खेत र १० धुर जमिन अर्कैको नाउँमा पास भएको छ जसले उनीहरुलाई सडकमै ल्याइदिएको हो ।

वि.सं. २०६६ सालमा जनमुक्ति सेनामा भएका बेला प्रेम विवाह गरेका मल्ल प्लाटुन सहायक कमाण्डरको रुपमा जीत स्मृति ब्रिगेड खोल्टेपानी कल्याणमा कार्यरत थिए । मेहेलकुना–९ तोरीबारी कि याममाया मल्लसँग उनको विवाह भएको थियो भने २०६८ सालमा छोरा सोहन मल्लको जन्म भएको थियो । घरमा आमा चन्द्रकला मल्ल ५२ वर्षक ी भइन्   । उनक ा श्रीमान विश्वासले उजाडेको सम्पत्ति, आमाछोरा अंश खोज्दै कुलबहादुर मल्ल २०५८ वैशाख २९ गते सहिद भएका थिए । मल्ल पनि तत्कालीन माओवादीमा आबद्ध भएका बेला सहिद भएका थिए । मल्ल तीन वर्ष विदेश गए । मलेसियामा नचाहँदा–नचाहँदै पनि काम गरे ।

आठ लाख रुपैयाँ घर पठाए श्रीमतीको नाउँमा । ‘‘श्रीमतीले उतिबेला मलाई विदेशबाट बारम्बार नआउनु भनेकी थिइन ।’’ उनले भने, ‘‘आएको दुई महिनामै म फेरि कतार जान बाध्य भएँ । तीन वर्षमा म नेपाल आएँ । बज्यै बित्नु भएको पाँच दिन भएको थियो । उसको व्यवहार पूरै बदलिएको थियो । माइत गएर सुत्ने, दिदिलाई बोलाएर सुत्ने, आएको ६ दिनमै पासपोर्ट बनाएर विदेश जान दबाब दिएको, दुईपटक काठमाडौं गएको, पाँच लाख मात्रै ऋण छ भनेको, २०७५ बैशाखमा कतार गएँ । त्यहाँ काम सुरु गरेँ ।’’ उनले श्रीमतीले अन्य केटाहरुसँग सामाजिक सञ्जालमा च्याट गर्ने गरेको आफूले देखेको र प्रमाण पनि सुरक्षित राखेको बताए ।

उतिबेला उसको माइतमा कुरा गर्दा एकपटकका लागि माफी दिन सासुले भनेका कारण आफूले केही नगरेको उनको भनाइ थियो । उनका वुवाको मृत्यु पछि मल्लले आमाको नाउँमा जग्गा पास गरे । साढे पाँच कठ्ठा खेत थियो । उनी विदेश जाँदा आमालाई फकाउन बुहारी लागिन् । ‘‘नाती पाएको बुहारीले धोका दिने भन्ने मलाई थाहा भएन । चार महिनापछि मात्र थाहा भयो । विर रावत, मानकुमारी रावत र बुहारीले कसम खाएका, घरमा बैशाख १ गते खेत बेचिसक ेका छन्  ।

घडेरी मानकुमारी खड्का रावतको नाउँमा छ । खेत कृष्णबहादुर मल्लको नाउँमा गइसकेको छ ।’’ चन्द्रकलाले भनिन्, ‘‘२०७२ साल फागुनमा जग्गा पास गरिदिएको रहेछन् । १७ लाख विगो राखेर राजीनामा गरेको रहेछ ।’’ कुरा यतिमै माबत्र रोकिएन । बारम्बार चन्द्रकलाले जग्गा खोइ भनेर भन्दा दबाब दिएर २०७४ सालमा मिलापत्र गराएको उनको भनाई छ ।

जग्गाको बारेमा कुरा गर्दा वीरबहादुर रावतले ग्यांसको डिलर खोलिदिन्छु भन्ने प्रलोभन दिएको कमलको भनाइ थियो । अहिले उनको घरमा श्रीमती पनि बस्छिन् । मासिक रुपमा आउने १८ हजार भाडा श्रीमतीले नै लिने गरेको कमलको भनाइ छ । ‘‘मैले अब न्याय पाउनुप¥यो । एक रुपैयाँ पनि कसैबाट लगेका छैनौँ । तीन जनाले मलाई बर्बाद बनाए ।’’ गहभरी आँशु पार्दै उनले भने, ‘‘जालसाजी गरेको र अंश माग गर्दै जिल्ला अदालतमा मुद्दा हालेको छु । अदालतबाट न्याय पाउने एक मात्र आशा बाँकी छ । अन्य सबै ढोका बन्द भइसकेका छन् ।’’ पहिलोपटक जाँदा आठ लाख पठाएको, दोस्रोपटक ९० हजार जति पठाएको, घर आउँदा न सम्पत्ति, न पैसा, घरमै श्रीमती छन् उनले गुनासो गर

सम्बन्धित समाचार