२०८३, १७ असार बुधबार

किन घुम्ने कर्णाली ? यसकारण घुमौ कर्णाली !

 

सुर्खेत । अंग्रेजी वर्ष २०२० सुरु भइसकेको छ । प्रदेश सरकारको पर्यटन प्रबद्र्धन समिति भ्रमण वर्षमा पर्यटकलाई कर्णालीमै आकर्षण गराउन आफ्नै नारा र लोगो बनाएर प्रचार– प्रसारमा जोड दिने योजनामा छ । ‘यसपाली घुमौँ कर्णाली’ (इट्स टाइम फ र कर्णाली) नारासहित प्रदेश सरकारले प्रबद्र्धन र पूर्वाधार विकासका क ाम सँगसँगै सञ्चालन गर ेर पर्यटकमैत्री कर्णालीको अवधारणा साकार पार्दैछ ।

यसको व्यवस्थित कार्यान्वयनका लागि प्रदेश सरकारले जनवरी १ मै ९ महिना लगाएर तयार पारेको ‘पर्यटन गुरुयोजना’ सार्वजनिक गर्दैछ । भ्रमण वर्षमा पर्यटकलाई अत्यधिक सुविधा र सुरक्षा दिलाउन सरकार प्रतिबद्ध रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको भनाइ छ ।

राराका होटल व्यवसायी एवम् प्रदेश स्तरीय पर्यटन प्रबद्र्धन समितिका सह– संयोजक राजु कार्कीले प्राकृतिक सुन्दरताको अवलोकन, तीर्थ यात्राका लागि मात्र नभई सा ँस्कृतिक विविधताको अध्ययनका लागि कर्णाली उपर्युक्त गन्तव्य भएको बताए । ‘‘कर्णाली सबै हिसाबले सुन्दर छ, नेपालमा अन्त कतै नभएका विशेषता यहाँ भेट्न सकिन्छ,’’ उनले भने, ‘‘प्रचारप्रसारसँगै पूर्वाधारको विकास गरेमा पर्यटकको पहिलो रोजाइ कर्णाली बन्न सक्छ ।’’ हुम्ला–डोल्पामा पदयात्रा, भेरी र कर्णालीमा जलयात्राको आनन्द लिन सकिने उनी बताउँछन् । मुगुमा नेपालकै ठूलो राराताल छ, जहाँ पाइने स्नोट्राउट प्रजातिको माछा अन्यत्र कहीँ पाइँदैन ।

                                          राराताल

मौसम खुलेमा तालको पानीमा देखिने सप्तरबले आगन्तुकलाई मोहित पार्दछ । सुर्खेतदेखि करिब डेढ दिनको बस यात्रा वा सुर्खेत–नेपालगञ्जबाट सिधै मुगुको ताल्चा विमानस्थल पुगेर दुई घण्टा उकालो हिँडेपछि रारा पुगिन्छ । यहाँबाट छायाँनाथ हिमाल अवलोकन गर्न सकिन्छ । मुगु र हुम्लाको सिमानामा चंखेली हिमाल छ । यस हिमालको चित्र एक रुपैयाँको नोटमा राखिएको छ । हिन्दू र बौद्ध दुवैको तीर्थस्थल मानसरोवर पुग्न हुम्लाकै बाटो प्रयोग हुन्छ । वर्षेनी सयौंको संख्यामा भारतीय पर्यटक यहाँबाटै मानसरोवर पुग्छन् ।

नेपालकै अग्लो स्थानमा रहेको सदरमुकाम हो, हुम्लाको सिमकोट । यो समुद्री सतहबाट २ हजार ९ सय मिटरको उचाइमा छ । सिमकोटबाटै पाँच दिन पैदल हिँडेर लिमी उपत्यका पुग्न सकिन्छ । यहाँ एक हजार वर्ष पुरानो हल्जी गुम्बा छ । हुम्ला विश्व तीर्थयात्री र मानसरोवरका लागि गतिलो प्रवेशद्वार हो । डोल्पामा सबैभन्दा गहिरो शे– फोक्सुन्डो ताल छ । डोल्पामै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ ।

 

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवा देख्न सकिन्छ । तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ । माथिल्लो डोल्पा पदमार्गभित्र पर्ने नगला घाँटी क्षेत्र अति रमणीय छ ।

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका डोल्पामै पर्दछ । त्यस्तै, शे–फोक्सुन्डो रारा पदयात्राका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो ।

जुम्लाको सिंजा उपत्यका नेपाली भाषाको उद्गम थलो हो । विश्वभर छरिएर रहेका खस नेपाली भाषीहरुलाई प्रदेश सरकारले भ्रमण वर्षकै अवसरमा कम्तीमा एकपटक सिंजा पुग्न आमन्त्रण गर्दैछ ।

 

जुम्ला सदरमुकाम खलंगा बजारबाट तीन घण्टाको बस यात्रापछि सिंजा क्षेत्र पुगिन्छ । सिंजा क्षेत्र हुँदै रा रा पु ग्न सकिन्छ । जुम्लामा काञ्जीरोवा, पातारासी हिमाल छन् । सदरमुक ाम खल ंगामा प्रसिद्ध चन्दननाथ मन्दिर छ । विश्वकै अग्लो स्थानमा हुने धान खेती, मार्सी चामल, सिमी र स्याउले जुम्ला उत्तिकै प्रख्यात छ ।

कालीकोटको पचाल झरनाका साथै पिली क्षेत्र युद्ध पर्यटनले चर्चामा छ । कर्णाली राजमार्गबाट देखिने कर्णालीका सुन्दर बस्तीहरु पर्यटकका लागि थप आकर्षण हुन् । दैलेखको दुल्लुमा नेपाली भाषाको पहिलो अभिलेख छ । शीरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, कोटिला पञ्चकोशी क्षेत्र दैलेख आउने पर्यटकका लागि पहिलो रा ेजाइमा पर्दछ ।

पञ्चकोशीको शीरस्थान, नाभिस्थानमा निरन्तर प्रज्वलित ज्वाला बलिरहेको दृश्य हेर्न तथा यहाँ तीर्थ गर्न नेपालीका साथै भारतीय आउँछन् । यहाँ अहिले नेपाल सरकारले चिनियाँ सहयोगमा पेट्रोलियम पदार्थ भण्डार रहे नरहेको अनुसन्धान गर्दैछ । दुल्लु क्षेत्र ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक हिसाबले धनी छ । पुरातात्विक धारा, मठमन्दिर, देवल प्रशस्त देख्न सकिन्छ । कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, गुराँसे क्षेत्र पर्यटकीय गन्तव्यमा पर्दछन् । दक्षिण एसियाकै लोपोन्मुख फिरन्ते जाति राउटे हेर्न पनि दैलेख या सुर्खेत आउनै पर्दछ ।

त्यस्तै, विभिन्न ३६ जातजातिको उद्गम थलोका रुपमा चिनिन्छ कर्णाली क्षेत्र । आफ्नो पुख्र्यौली थलो हेर्न दुलाल, नेपाल, खनाल, दाहाल, लम्साल, कोइराला, पराजुली, रुपाखेती, बस्याल लगायत थरका मानिसहरु दैलेखका गाउँबस्ती पुग्ने गर्दछन् । प्रदेश राजधानी सुर्खेतको बुलबुले ताल, काँक्रेबिहार, देउती बज्यै मन्दिर, घण्टाघर, बराहताल, गढी बयलकाँडा मुख्य गन्तव्य हुन् ।

काँक्रेविहारको अनौठो कलात्मक शैलीले पर्यटकलाई मुग्ध पार्दछ । रारा, जुम्ला, दैलेख जाने पर्यटकका लागि सुर्ख ेतक ा यी स्थानहरु घुम्न योग्य छन् । कर्णाली आउने पर्यटकका लागि सुर्खेत ‘ट्रान्जिट प्वाइन्ट’ हो । कर्णालीले विकास पर्यटनको ढोका पनि खोलेको छ । सुर्खेतमा निर्माणाधीन भेरी–बबई डाइभर्सन आयोजनाले पनि विकास पर्यटनको सम्भावनालाई उजागर गरिदिएको छ । नेपालमै पहिलोपटक मेसिनबाट सुरुब खनेर एउटा नदीको पानी अर्क ा ेमा पानी खस ाल्न े बहुउद्देश्यीय आयोजना यहाँ निर्माण हुन लागेको छ ।