२०८३, १७ असार बुधबार

आदर्श माविमा पशुविज्ञान अध्यापन हुँदैः दैलेखमै पहिलो

न्युन शुल्कमा अध्यापन गराउने विद्यालयको दावी

दैलेख । पश्चिम दैलेखको भैरवी गाउँपालिका ६ घुम्नेखाली स्थित आदर्श माध्यामिक विद्यालयले डिप्लोमा तहको तिन वर्षे पशु विज्ञान विषय अध्यापनका लागि सम्वन्धन पाएको छ । प्राविधिक तथा व्यवसायकि शिक्षा परिषद् सीटीइभीटीको बुधवार प्रकाशित सुचना अनुसार विद्यालयले उक्त विषय अध्यापनका लागि अनुमति पाएको हो ।

डिप्लोमा तहको तिन वर्षे पशुविज्ञान दैलेख जिल्लामै पहलोपटक अअध्यापन गराउन लागिएको विद्यालयले दावी गरेको छ । विद्यालयमा यसअघि गएको शैक्षिक सत्रदेखि डिप्लोमा तहको कृषी वालिविज्ञानको समेत अध्यापन भइरहेको प्रधानाध्यापक खगेन्द्र शाहले जानकारी दिए ।

स्थापनाकाल देखि नै जिल्लामा फरक अस्तित्व काएम राख्दै आएको विद्यालयले प्राविधिक तथा व्यवसायिक शिक्षामार्फत अव झनै वृहत रुपमा अस्तित्व कायम गर्न लागि परिरहेको छ । अघिल्लो शैक्षिक वर्षदेखि करिब ३० जनाको संख्यामा स्थानिय र अन्य जिल्लाबाट विद्यालयमा प्राविधिक शिक्षा लिइरहेको विद्यालययले जनाएको छ । भने भखरै प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद, सीटीइभीटी बाट डिप्लोमा तहको तिन वर्षे पशुविज्ञान विषयको समेत अनुमति पाएको छ । उक्त विषयको अध्यापन यसै शैक्षिक सत्रदेखि नै सुरु हुने विद्यालयले जनाएको छ ।

लगभग सबै स्थानियको मुख्य पेसा कृषि रहेको भैरवी गाउँपालिकामा कृषि प्राविधिकको उत्पादनका लागी तिनवर्षे कृषी वालिविज्ञान कार्यक्रम सन्चालन भईरहेको विद्यालयको दावि रहेको छ । तर यतिमात्र नभई विद्यालयले यसै वर्षदेखि स्थानियको मागअनुसार डिप्लोमा तह तिनवर्षे पशु विज्ञान पनि संचालन गर्न लागेको कृषी वालिविज्ञान इन्चार्ज धिरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

हाल विद्यालयमा शिक्षाशास्त्र र मानविकी संकायमा कक्षा ११ र १२ मा अध्यापन हुदै आईरहेको छ । निकट भविष्यमा नै विज्ञान संकाय र व्यवस्थापन संकाय पनि सञ्चालन गर्ने उदेश्य विद्यालयको रहेको छ । विद्यालयमा हाल करिव ३० भन्दा बढी विद्यार्थीहरु प्राविधिक शिक्षा लिइरहेका छन् ।

विद्यालय स्रोतको दावी अनुसार अत्यन्तै न्युन शुल्कमा तिनवर्षे कोर्ष पढिरहेका छन् । विद्यालयले आफुहरुले देशभरकै सस्तो शुल्कमा प्राविधिक शिक्षा दिइरहेको दावी गरेको छ ।

अब पनि विद्यालयले तिनवर्षे पशुविज्ञान सोहि अनुसारकै देशकै सर्वाधिक सस्तो शुल्कमा अध्यापन गराउने दावी गरेको छ ।

साधारण शिक्षा लिएका विद्यालयका धेरैको संख्यामा पुर्वविद्यार्थिहरु बेरोजगार भएर खाडि मुलुक वैदेशिक रोजगारीको सिलसिलामा भिन्न देशमा पनि पुगे । यसै अवस्थालाई मध्यनजर गर्दै युवाहरुलाई स्वरोजगार वनाउने, स्थानियस्तरमै व्यवसायिक बनाउने उदेश्यले प्राविधिक विषयहरु अध्यापन गराउन सुरु गरिएको विद्यालयले जनाएको छ ।