कर्णालीमा लाग्यो दसैं, बढ्यो बजारमा चहलपहल
नेपालीहरूको महान् चाड दसैं नजिकिँदै गर्दा कर्णाली प्रदेशका विभिन्न बजार क्षेत्रमा किनमेल गर्नेको भीड लाग्न थालिसकेको छ । दसैं आउन केही दिन मात्र बाँकी रहँदा बजारका पसलहरूमा भीड लाग्न सुरू भएको हो ।
सुर्खेत वीरेन्द्रनगरका बजारमा दसैंको किनमेल गर्नेहरूको भीडले हिँड्नसमेत समस्या हुन थालेको छ । दसैं नजिकिएपछि व्यापार पनि राम्रो हुन थालेको वीरेन्द्रनगर बजारमा रेडिमेड कपडा पसलका संचालक सुरज कोइरालाले बताए । उनले भने, ‘दसैंको बेला अरू बेलाभन्दा बढी नै व्यापार हुने गर्छ । त्यसैले पनि अहिले सोचेभन्दा बढी नै व्यापार हुन थालेको छ ।’
दसैंका लागि लुगाफाटो तथा अन्य सामान किन्ने ग्राहक बढी आउने गरेको वीरेन्द्रनगरको सुपरमार्केटका कपडा पसल संचालक जानकी बमले बताइन् । ‘प्रायःजसो लुगाफाटो किन्नेहरू आउने गरेका छन्,’ उनले भनिन्, ‘दैनिक सोचेभन्दा व्यापार राम्रो हुन थालेको छ ।’
बजारमा महँगी बढ्यो

उपभोक्ताहरूले दसैंको मौकामा व्यापारीहरूले प्रायः सबै सामानको मूल्य बढी लिने गरेको बताएका छन् । व्यापारीले अन्य सामानको भन्दा बढी मूल्यवृद्धि लत्ताकपडामा गरेको कालिकोट महावै गाउँपालिका–३ का अर्जुन सिंहले बताए । ‘हामीलाई बजारमा कपडाको मूल्य कति हो थाहा हुँदैन,’ उनले भने, ‘व्यापारीहरूले जति भन्यो, त्यति दिनुपर्ने बाध्यता छ ।’
दैलेख आठबिस नगरपालिका रामबहादुर शाहीले भने, ‘दसैं लाग्यो भने व्यापारीहरूले सामानको मूल्य सधैं बढाउने गरेका छन् । हामीलाई सामानको मूल्य कति हो, थाहा हुँदैन, जति भन्यो त्यति दिनुपर्ने बाध्यता छ ।’
खसीबोका बिक्री बढ्यो
दसैंका लागि सुर्खेत बजारमा खसीबोकासहित व्यापारीहरू घुम्न थालेका छन् । दसैंमा मासुको उच्च माग हुने भएकाले अहिले मासु व्यापारीहरूले सुर्खेतमा खसीबोका बाहिरबाट ल्याएर बिक्री गर्न थालेका छन् ।
सुर्खेतमा बजारमा विशेष गरेर कर्णालीका हिमाली जिल्ला मुगु, डोल्पा, जाजरकोट, कालिकोट र जुम्लाबाट खसीबोका ल्याएर सुर्खेत बजारमा बिक्री गर्न थालिएको छ । कालिकोटबाट सुर्खेतमा खसीबोका ल्याएर व्यापार गर्ने नरहरिनाथ गाउँपालिका–३ का वीरबहादुर बुढाले अहिले खसीबोकाको माग बजारमा निकै रहेको बताए । ‘मैले हिमाली जिल्लाबाट ८० वटा खसीबोका ल्याएको थिएँ । सबै बिक्री भइसक्यो ।’
टिकट पाउनै मुश्किल
दसैं तिहारका लागि आफ्नो गतव्यतर्फ जानेहरूको संख्या बढ्दै गएको छ । दसैंतिहारका लागि आफ्नो गतव्यमा जानेको संख्या बढेका कारणले यातायातका साधनको टिकट पाउन पनि मुश्किल हुन थालेको छ । यातायात व्यवसायीका अनुसार दसैंको अघिल्लो दिन २० गतेसम्मका लागि नै यात्रुहरूले टिकट बुकिङ गरिसकिएको र अहिले यात्रुहरूलाई पठाउन समस्या भएको छ ।
रारा कर्णाली यातायात प्रा.लि. सुर्खेत काउण्टर इन्चार्ज अक्कल कार्कीले भने, ‘अग्रिम टिकट बुकिङका कारणले यात्रुहरूलाई अहिले टिकट दिन समस्या भएको हो । यात्रुहरूले २० गतेसम्मकै टिकट काटेका छन् ।’shilapatra