जनताको समृद्धिका लागि लाग्छुः सांसद बिष्ट
सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सिम्ताली जनताको सम्बृद्धिका लागि लागिपर्ने बताएका छन् । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा मंगलबा रदेखि सञ्चालित दुनिमेलाको उद्घाटन गर्दै सांसद बिष्टले यस्तो बताएका हुन् ।
मुख्यगरी उनले आलीजुनी सडक खण्ड निर्माणका लागि दशैंपछि टेण्डर हुने जानकारी गराए । कर्णाली सरकारले राजकाडा दरबार मालिका धुरी, भोटेचुलीको पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताए । यसका लागि प्रदेश सरकारले करिब डेढ करोड रकम छुट्याएको उनको भनाइ थियो ।
यस्तै, सञ्चार सेवाका लागि खानीखोलामा नमस्ते मोबाइलको टावर राख्ने तयारी भइरहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले स्थानीय उत्पादनलाई प्राथमिकता दिन आग्रह गरे । उनले सम्बृद्ध सिम्ता निर्माणमा सबैको हातेमालो आवश्यक रहेको बताए । गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले विपन्न नागरिकको जीवनस्तर उकास्न आफू लागिपर्ने बताइन् ।
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कडेलले किसानलाई ँ स्थानीय उत्पादनमा जोड दिन आग्रह गर्दै बजारीकरणमा सहयोग गर्ने बताए । उनले वाणिज्य संघ विपन्न नागरिकलाई पनि व्यावसायका लागि सहयोग गर्ने बताए ।
