२०८१, १ चैत्र शनिबार

कार्यालय प्रमुखविरुद्ध कर्मचारीको आन्दोलन

सुर्खेत ।सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा कार्यरत कर्मचारीहरुको संगठन श्रमिक ट्रेड युनियनले संस्थामा विगतदेखी कार्यरत कर्मचारीहरुको उचित व्यवस्थापन नभएसम्म्का लागि चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषण गरेको छ । मंगलबार युनियनले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।
संस्थाका कार्यालय प्रमुख डम्बर गौतमले सस्थामा विगतदेखी कार्यरत कर्मचारीहरुको व्यवस्थापनमा पदपुर्ति समितिको सचिवसमेत रहँदा काम गर्न नसकेको उनिहरुको आरोप छ । गौतमले पदपुर्ति समितिको बैठकमा उपस्थिति नहुनेजस्ता कर्मचारीको अहित हुनेखालका काम गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । गौतमलाई पदपुर्ति समितिको निर्णय कार्यान्वयन नगराएको आरोपसमेत लगाइएको छ । संस्थामा विगतदेखी कार्यरत कर्मचारीहरुको उचित व्यवस्थापनका लागि मुल समितिबाट आएको निर्णय कार्यान्वय नगराएको बताइएको छ । कर्मचारीहरुले यसअघि कार्यालय प्रमुखलाई कार्यालय प्रवेशमा रोकसमेत लगाएका थिए । तर अहिले उपनहरुले निजसंग कुनैपनि समन्वय र सहकार्य एवम् आदेश पालना नगरिने बताएका छन् । कर्मचारीहरुले विरोधस्वरुप आन्दोलनका कार्यक्रमहरु यही भदौ १० गतेबाट सुरु भएको जनाएको छ । जसअनुसार भदौ १० गतेदेखि १२ गतेसम्म २ दिन कार्यालय प्रमुख गौतमसंग कुनै आदेश पालना नगर्ने, सहयोग समन्वय नगर्ने,गौतमका कुनेपनि गतिबिधिहरुमा संग्लग्न नहुने तथा कार्यसम्पादन कार्यकक्षमा नभई बाहिर बसेर गरिने जनाएका छन् ।
त्यस्तै भदौ १३ गतेदेखी खानेपानी वितरण बाहेकका दैनिक मर्मत सम्भार, धारा जडान लगाएतका कुनैपनि कार्य नगर्ने बताएका छन् । भने भदौ १८ गतेदेखी कार्यकक्षबाहिर रहने र खानेपानि वितरण बाहेकका कुनैपनि काम नगर्नेलाई निरन्तरता दिँदै संस्थाको कार्यालयबाट महसुल लिने कार्यसमेत बनद गरिने बताएका छन् । भदौ २१ गतेसम्म कर्मचारी व्यवस्थापनको कुनैपनि कार्य नभएमा पुन थप आन्दोलनका कार्यक्रम घोषणा गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ । आम उपभोक्तासंग प्रत्यक्ष सरोकार राख्ने खानेपानी जस्तो संवेदनसिल सेवा प्रवाह गरिरहेका संस्थाका कर्मचारीहरु हाफ्नो हकहित र अधिकारका लागि संघर्षसिल रहेको कुरा मुख्यमन्त्री तथा मन्त्रीपषिदको कार्यालय कर्णाली प्रदेश, प्रदेशको भौतिक प्र्वाधार विकास मन्त्रालय, जिल्ला प्रशशासन कार्यालय सुर्खेत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयय कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिका सुर्खेतलाई समेत जानकारी गराउने निर्णय पनि उनिहरुले गरेका छन् ।
युनियनका अध्यक्ष गणेशमान खनालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘संस्थामा विगत १५ वर्षदेखिद निरन्तर अहोरात्र पुर्ण जिम्मेवार िर जवाफदेहिताका साथ क्मर््चारीहरुको तत्काल व्यवस्थापन गर्नका लागि यस युनियनबाट बारम्बार अनुरोध गरेपश्चात समितिले उचित तरिकाले व्यवस्थापन गर्ने गरी उक्त निर्णय कार्यान्वयनका लागि वगठन भएको पदपुर्ति समितिले नियमअनुसार व्यवस्थापनका कार्यहरु गरी कार्यान्वयनको अन्तिम चरणमा पुगेको बेला पदप्र्ति समितिको सचिवसमेत रहेका कार्यालय प्रमुख डम्बर बहादुर गौतमले बैठकमा उपस्थिति नजनाउनेजस्ता कार्यहरु गएिकोले आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।’