२०८१, ३० आश्विन बुधबार

एसईई नतिजाः कुन जीपीए ल्याउनेले के पढ्न पाउँछन् ?

२ जीपीए ल्याउने विद्यार्थीले विज्ञान र १.६ ल्याउनेले व्यवस्थापन, मानविकी, शिक्षा, कानुन संकाय अध्ययन गर्न पाउँछन्। तर संकायअनुसार तोकिएको विषयमा निश्चित ग्रेड प्राप्त गरेको हुनुपर्छ। विज्ञान समूह अध्ययन गर्न अनिवार्य विज्ञान र गणितमा सी प्लस ल्याएको हुनुपर्छ। सँगै नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्छ।

व्यवस्थापन संकायका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयमा कम्तीमा डी प्लस ल्याउनुपर्छ ।  मानविकी संकायतर्फ पढ्न अंग्रेजी, नेपाली र सामाजिक विषयमा डी प्लस ल्याएकै हुनुपर्छ । शिक्षा संकायका लागि अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस आएको हुनुपर्छ।

शिक्षा समूहको विज्ञान अध्ययन गर्न चाहनेले एसईईमा विज्ञान र गणितमा डी प्लस ल्याउनुपर्छ । प्राविधिक धारबाट १० कक्षाको परीक्षा दिएकाले साधारणतर्फ पनि कक्षा ११ मा अध्ययन गर्न पाउँछन्।