२०८१, ३० कार्तिक शुक्रबार

अमेरिकामा फेरि तीन प्रहरीको हत्या

amrican-police-75261719३ साउन, एजेन्सी।
अमेरिकामा फेरि गोली हानी तीन प्रहरीको हत्या गरिएको छ । लुसियानाको एक सपिङ सेन्टरमा एक व्यक्तिले गोली हानी उनीहरुको हत्या गरेका हुन् ।

यसअघि डल्लासमा भएको आक्रमणपछि उच्च सुरक्षा सतर्कता अपनाइएका बेला घटना भएको हो । गोली चलाउने आक्रमणकारी पनि प्रहरी कारबाहीमा मारिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घटनाको राष्ट्रपति बाराक ओबामाले निन्दा गरेका छन् । उनले हेडक्वाटर नजिक प्रहरी अधिकारीमाथि भएको आक्रमण कायरतापुर्ण रहेको टिप्पणी गर । अमेरिकामा राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पले घटनाप्रति समवेदना प्रकट गर्दै घटना हुनुमा अमेरिकी नेतृत्व जिम्मेवार रहेको बताएका छन् ।

ट्वीट गर्दै उनले मुलुकमा नेतृत्वको कमि भएकै कारण प्रहरी अधिकारी र सर्वसाधरणले आफ्नो ज्यान गुमाउनु परेको टिप्पणी गरेका छन् । जुलाई ७ तारिखमा अमेरिकाको डल्लासमा प्रहरी माथि आक्रमण हुँदा ५ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा पछिल्ला दिनमा जातीय भावना भड्कने खालका गतिविधि हुनुका साथै लगातार प्रहरी आक्रमणको निशानामा पर्दै आएका छन् ।