२०८१, ३० आश्विन बुधबार

भविश्यमा डाक्टर बन्न चाहान्छु – जेनिसा

eduहरेक विद्यार्थीका आ— आफनै चाहाना हुन्छन । सबै विद्यार्थीहरुलाई एउटै किसिमको वातावरण मन पदैन । विद्यालयको वातावरण विद्यार्थीको मनोविज्ञान र अभिभावकको आफना सन्तानप्रति दर्शाउने अभिभावकत्व जस्ता विषयमा हामीले विद्यार्थीसँगै केही विद्यार्थी केन्द्रित प्रशनहरु तेस्याउँछौ ।

केही समय विद्यार्थीसँग बसेर आम विद्यार्थीको प्रतिनिभित्व गर्ने पात्रका बारेमा कुरा गर्ने गर्दछौ । हामीले यसपटक धेरै विद्यार्थीको प्रतिनीधि पात्रका रुपमा चिल्डे«न प्याराडाइज स्कुल कक्षा ४ मा अध्ययनरत छात्रा जेनिसा रोकायालाई भेटाएका छौ । प्रस्तुत छ रोकायासँग हाम्रो नयाँ नेपालकर्मी.नरजन तामाङ्घले गरेको कुराकानीको संक्षेप :

 कस्तो चल्दैछ पढाई ?

रामो चलिरहेको छ ।

 पढाई कस्तो भईदिएको भए हुन्थ्यो भन्ने लाग्छ ?
शिक्षकहरुले हाम्रो भावना बुझेर राम्रो सगँ बुझाएर पढाइदिएको भए हुन्थ्यो जस्तो लाग्छ ।

 घरमा कतिको पढनु हुन्छ नि ?
हम्रो गृहकार्य धेरै हुन्छ घरमा आएर पढछु अलि अलि त खेल्नै पर्छ ।


 अहिले चिल्डे«न प्याराडाइज स्कुलको जुन वातारण छ यो वातारण पढाईको लागि कस्तो लाग्छ नि ?
मेरो स्कुलमा राम्रो सगँ पढाई हुन्छ । खेल्नको लागि खेल प्रयाप्त मैदान छ वातारण पनि राम्रो छ बाँहिरबाट हो हल्ला त्यति हुदैन । शिक्षकहरुले पनि मेहनत गरेर पढाउनु हुन्छ ।

 कुन शिक्षकले पढाएको तपाईलाई राम्रो सँग बुझे जस्तो लाग्छ ?
मलाई पढाउने सबै शिक्षक शिक्षिकाहरु राम्रै सगँ मेहनत गरेर पढाउनु हुन्छ तर मलाई नवराज वली सरले पढाएको बुझे जस्तो लाग्छ ।

 तपाई भविष्यमा के बन्न चाहानुहुन्छ ?
म पढेर भविष्यमा डाक्टर बन्ने इच्छा छ ।

 तपाईको कक्षामा कति जना विद्यार्थी हुनुहुन्छ तपाई धेरै जनाको बीचमा पढाएको बुझनु हुन्छ ?
मेरो कक्षामा ४१ जना हुनुहुन्छ । ध्यान दिएर सुनेमा बुझिन्छ । ध्यान दिएन भने बुझिदैन ।

 तपाई अगाडी बसेर पढिरहदा तपाईको सार्थीहरुले पछाडीबाट डिस्टर्ब गर्दा कस्तो लग्छ ?
सार्थीहरुले हल्ला नगरेको भए जस्तो लाग्छ र कक्षाको मनिटरले कन्ट्रोल गरिदिएको भन्ने लाग्छ ।

 तपाईलाई तपाईको विद्यालयका मन नपर्ने पक्षहरु के के हुन ?
शिक्षक शिक्षिकाहरु कहिले काँही झस्केर पढाउने ठुलो स्वरले बोल्ने स्कुलमा अंग्रेजी भाषाको प्रयोग बढि नगर्ने बानी मलाई मन पदैन ।

 तपाईका विद्यालयको राम्रा पक्षहरु के(के हुन ?
स्कुलको वातावरण राम्रो भवनहरु राम्रा छन खेल्नको लागि प्रयाप्त सामाग्री खेल मैदान छन । माथिल्लो कक्षाका दाई दिदीहरु आएर अंग्रेजी बोल्न सिकाउछन यिनी पक्षहरु राम्रो लाग्छ ।