२०८१, २० बैशाख बिहीबार

टर्कीको सैनिक विद्रोह एर्डाेगनका लागि ‘ब्ल्याङ्क चेक’ होइन– फ्रान्स

French-Foreign-Minister-Jean-Marc-Ayrault-41062921३ साउन, एजेन्सी ।

फ्रान्सले टर्कीमा गत शुक्रबार राति भएको सैनिक विद्रोह असफल भएको विषय टर्कीका राष्ट्रपति रिसेप तेयिप एर्डोगनका लागि ब्ल्याङ्क चेक होइन भनेको छ ।

यस असफलताको विषयलाई लिएर राष्ट्रपति एर्डोगनले आफू विरुद्धका व्यक्तिलाई कारबाही गर्ने, विपक्षी दलका नेता तथा कार्यकतालाई पक्राउ गरी कारबाही गर्नेजस्ता काम गर्न थालेको भन्दै फ्रान्सले सो प्रतिक्रिया दिएको हो ।

फ्रान्सेली विदेशमन्त्री जिन मार्क आर्ल्टले भने– हामीले टर्कीमा यो सैनिक विद्रोह असफल भएपछि पनि कानुनी शासन र नागरिक अधिकारका पक्षमा राम्ररी काम भएको देख्न चाहन्छौँ । टर्कीमा शनिबारदेखि एर्डोगन सरकारको सेना र प्रहरीले सैनिक विद्रोहको निहूँमा करिब छ हजार जनालाई नियन्त्रणमा लिएको छ । सो व्यापक पक्राउ र कारबाहीको अभियानपछि विदेशमन्त्री मार्कको यो प्रतिक्रिया आएको हो ।

यसलाई निहूँ बनाएर टर्कीस् राष्ट्रपतिले आफ्ना विरोधीलाई तह लगाउने काम कदापि नगरुन् भनी फ्रान्सले टर्कीलाई चेतावानी पनि दिएको उनले आइतबार फ्रान्सेली टेलिभिजनसँग गरेको कुराकानीमा बताएका छन् ।