२०८१, २१ चैत्र शुक्रबार

कर्णालीको कृषि क्षेत्रमा यस्तो अवस्था, कर्णाली योजना आयोगको लक्ष्य अनुसार कस्तो होला ?

सुर्खेत :  कर्णाली प्रदेश कृषि क्षेत्रका लागि उर्वर भएपनि लगानीको कमीले उत्पादन कमी हुँदै आएको छ । कर्णाली योजना आयोगले तयार पारेको पञ्चवर्षीय योजना अनुसार गयो भने आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेश समृद्ध बन्न सक्छ ।
कर्णाली प्रदेशको तल्लो भागमा सुन्तला र ओखरको खेती गर्न भने माथिल्लो भागमा स्याउ र ओखरको खेती गर्न गर्न सकिन्छ । कर्णालीको आर्थिक विकास समृद्धिको आधार रुपमा यहाँ फल्ने फलफूलहरुलाई लिन सकिन्छ । तर, अहिले कर्णाली फल्ने र स्याउ र ओखरको लगानीको कमी रहेको छ । स्याउ, सुन्तला र ओखर उत्पादनको राम्रो सम्भावना रहेको कर्णालीमा लगानीको कमी रहेको छ । उत्पादन भएका स्याउ ओखरले प्रसोधनमा समस्या हुदाँ छिटै कुहिने समस्या रहेको छ । यहाँ उत्पादन भएको स्याउले उचित मुल्य पनि पाउँन सकेको छैन् ।
कर्णालीमा स्याउ, सुन्तला र ओखर उत्पादनको राम्रो संम्भवना रहेको भएपनि लगानी, उत्पादन भएको बस्तुको बजारीकरण, प्रसोधनको समस्या श्रम अनुसारको उपलब्धी पाउन नसकेको कालिकोटबाट प्रतिनीधिसभाका पूर्वसांसद दुर्गबहादुर रावतले बताए । ‘स्याउ र ओखर लगाएतका फलफूलको उत्पादनको राम्रो संम्भवना रहेको क्षेत्र हो कर्णाली ।’ उनी भन्छन्,–‘उत्पादन भएको बस्तुको बजारीकरण, प्रसोधनको समस्या लगाएतका कारणले श्रम अनुसार मुल्य नै पाउन सकिएको छैन् ।’
कर्णाली प्रदेशमा हाल १४.८८ प्रतिशत स्याउ उत्पादन हुने गरेको भएपनि आर्थिक वर्ष २०८०/८१ मा १७ प्रतिशत र सुन्तला २२.३८ प्रतिशत उत्पादन हुने गरेकोमा आर्थिक वर्ष २०८०/०८१ मा २७ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।
कर्णाली प्रदेश सरकारले आगामी पाँच वर्षमा कृषि क्षेत्रमा आत्मनिर्भर रहने लक्ष्य राखेको छ । कृषि क्षेत्रमा आयात गर्दै आएको कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ मा कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य राखेको हो ।
हाल कर्णालीमा कृषि क्षेत्रमा कृषि योग्य जमिन ७२.४५ प्रतिशत रहेको छ । आगामी पाँच वर्षमा ७५.६ प्रतिशत कृषि योग्य जमिन पु¥याउने लक्ष्य राखेको छ । अहिले कुल कृषि योग्य जमिनको २७.५५ प्रतिशत जमिन बाँझो रहेको र त्यसलाई पाँच वर्षमा १० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । हाल कर्णालीमा ५ लाख ३९ हजार मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेकोमा आगामी पाँच वर्षमा ६ लाख २० हजार खाद्यान्न उत्पादन गरेर कृषिमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ ।
कर्णालीमा वार्षिक ३८ हजार ८ सय ७६ मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीमा कुल जमिनको ९.९ प्रतिशत भूभागमा मात्रै खेती गर्ने गरिएको छ ।