२०८१, २५ चैत्र मंगलवार

कर्णालीमा कृषि उत्पादन बढेपनि, आत्मनिर्भर बन्न सकेन

सुर्खेत : कर्णालीमा कृषी उपजका बस्तु उत्पादनमा बृद्धि भएपनि आत्मनिर्भर हुन सकेको छैन् । नेपाल राष्ट्र बैं्कको प्रादेशिक आर्थिक गतिविधि अध्ययन २०७७/७८ का अनुसार कर्णालीका कृषि उपजका बस्तुको उत्पादन बढे पनि आत्मनिर्भर हुन सकेको छैन् ।
राष्ट्र बैकको समीक्षा अवधिमा कर्णालीका खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र २.६९ प्रतिशतले बढेको छ भने यस्ता बालीको उत्पादन ६.५२ प्रतिशतले बढेकोे छ । प्रमुख खाद्यान्न बालीमध्ये समीक्षा अवधिमा धानको उत्पादन ३.८१ प्रतिशत, मकै उत्पादन १७.४५ प्रतिशत र कोदो उत्पादन १७.७५ प्रतिशतले बढे जनाएको छ ।
त्यसैगरी, समीक्षा अवधिमा तरकारी उत्पादन ३.२६ प्रतिशतले घटेको छ । पशुजन्य उत्पादन अन्तर्गत अण्डा २.२३ प्रतिशत, मासु २९.६८ प्रतिशत र माछा उत्पादन १५.३७ प्रतिशतले बढेको छ भने दूधजन्य उत्पादन ०.६९ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेशको कृषि तथा बन क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ३३.० प्रतिशत योगदान रहेको थियो भने उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः १०.७ प्रतिशत र ५६.३ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा प्रदेशगत कुल गार्हस्थ्य उत्पादनका आधारमा तुलना गर्दा कृषि तथा वन क्षेत्रको सबैभन्दा धेरै योगदान प्रदेश न.ं २ मा ३८.३ प्रतिशत रहेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ११.८ प्रतिशत रहेको छ । त्यसैगरी, उद्योग क्षेत्रको सबैभन्दा बढी योगदान गण्डकी प्रदेशमा १७.५ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेश मा १०.७ प्रतिशत रहेको छ । प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको सबैभन्दा बढी योगदान बागमती प्रदेशमा ७७.४ प्रतिशत रहेको छ भने सबैभन्दा कम प्रदेश नं १ मा ४८.६ प्रतिशत रहेको छ ।
आर्थिक बर्ष २०७७/७८ को पहिलो ६ महिनामा यस प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल २.४४ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल ०.८९ प्रतिशतले बढेको थियो । बन्दाबन्दीको अवस्थाले अन्य क्षेत्र बन्द भई कृषितर्फ आकर्षित हुँदा कृषि बालीले ढाकेको क्षेत्रफल समीक्षा अवधिमा बढेको अनुमान छ । २.१.१ खाद्य तथा अन्य बाली समीक्षा अवधिमा यस प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल २.६९ प्रतिशतले बढेको छ भने गत वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल ०.९० प्रतिशतले बढेको थियो । समग्र प्रदेशमा गहुँ बालीले ढाकेको क्षेत्रफल ७.८० प्रतिशत, कोदो बालीले ढाकेको क्षेत्रफल ६.३८ प्रतिशत, जौ बालीले ढाकेको क्षेत्रफल ३.८५ प्रतिशत, भटमास बालीले ढाकेको क्षेत्रफल ०.७८ प्रतिशत, दलहन बालीले ढाकेको क्षेत्रफल ७.४२ प्रतिशत र उखु बालीले ढाकेको क्षेत्रफल ७७.७८ प्रतिशतले बढेको छ भने मकै बालीले ढाकेको क्षेत्रफल ०.१६ प्रतिशत, फापर बालीले ढाकेको क्षेत्रफल ६.४२ प्रतिशत र आलु बालीले ढाकेको क्षेत्रफल ३.७७ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्क रहेको छ ।
तथ्याङ्क अनुसार जिल्लागतरुपमा हेर्दा यस प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमध्ये सबैभन्दा बढी १९.५६ प्रतिशत दैलेख जिल्लामा र सबैभन्दा कम २.०२ प्रतिशत हुम्ला जिल्लामा रहेको छ । गत वर्षको सोही अवधिमा आलु बालीले ढाकेको क्षेत्रफल ४.४३ प्रतिशत र तेलहन बालीले ढाकेको क्षेत्रफल ४.९४ प्रतिशतले घटेको थियो भने धान बालीले ढाकेको क्षेत्रफल २.२४ प्रतिशत, गहुँ बालीले ढाकेको क्षेत्रफल १.०४ प्रतिशत, मकैबालीले ढाकेको क्षेत्रफल ०.३८ प्रतिशत, कोदो बालीले ढाकेको क्षेत्रफल ६.३२ प्रतिशत, जौ बालीले ढाकेको क्षेत्रफल ०.८५ प्रतिशत, उखु बालीले ढाकेको क्षेत्रफल १२.५० प्रतिशत र भटमास बालीले ढाकेको क्षेत्रफल १.५३ प्रतिशतले बढेको नेपाल राष्ट्र कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ ।
तरकारी बालीले ढाकेको क्षेत्रफल ०.८८ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा उक्त क्षेत्रफल ०.८४ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७७÷७८ को पहिलो ६ महिनामा प्राप्त तथ्याङ्क अनुसार जिल्लागतरुपमा हेर्दा यस प्रदेशमा तरकारीले ढाकेको क्षेत्रफलमध्ये सबैभन्दा बढी २३.०३ प्रतिशत सल्यान जिल्लामा र सबैभन्दा कम १.८३ प्रतिशत डोल्पा जिल्लामा रहेको छ ।
फलफूल तथा मसला समीक्षा अवधिमा यस प्रदेशमा फलपूmल तथा मसला बालीले ढाकेको क्षेत्रफल ०.१७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यस्ता बालीहरुले ढाकेको क्षेत्रफल २.१३ प्रतिशतले बढेकोे थियो । समीक्षा अवधिमा प्राप्त तथ्याङ्क अनुसार जिल्लागतरुपमा हेर्दा यस प्रदेशमा फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफलमध्ये सबैभन्दा बढी २२.६५ प्रतिशत सल्यान जिल्लामा र सबैभन्दा कम २.८५ प्रतिशत रुकुम (पश्चिम) जिल्लामा रहेको छ ।
कृषि उत्पादन समीक्षा अवधिमा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन ३.८२ प्रतिशत र खाद्य तथा अन्य बालीको कुल उत्पादन ६.५२ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा समग्र कृषि बालीको उत्पादन ०.६५प्रतिशतले बढेकोे र खाद्य तथा अन्य बालीको उत्पादन २.८३ प्रतिशतले घटेकोे थियो । उक्त बृद्धि अनुकुल मौसम तथा कृषिक्षेत्रको बिस्तारले भएको अनुमान छ ।
खाद्य तथा अन्य बाली समीक्षा अवधिमा धान उत्पादन ३.८१ प्रतिशत, मकै उत्पादन १७.४५ प्रतिशत, कोदो उत्पादन १७.७५ प्रतिशत, फापर उत्पादन २३.४३ प्रतिशत र भटमास उत्पादन २०.५३ प्रतिशतले बढेको छ भने जौ उत्पादन १.२७ प्रतिशत, आलु उत्पादन ८.०९ प्रतिशत, उखु उत्पादन ३.१३ प्रतिशत, तरकारी उत्पादन ३.२६ प्रतिशत, फलफुल तथा मसला उत्पादन ०.१९ प्रतिशत र दलहन उत्पादन ६ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा धान उत्पादन २.८९ प्रतिशत, दलहन उत्पादन १०.२०, आलु उत्पादन ०.०१ प्रतिशत, दलहन उत्पादन १०.२० प्रतिशतर भटमास उत्पादन १२.४२ प्रतिशतले बढेको थियो भने मकै उत्पादन ६.९८ प्रतिशत, कोदो उत्पादन १२.८० प्रतिशत, जौ उत्पादन १०ं.०८ प्रतिशत, फापर उत्पादन १४.४८ प्रतिशत र तेलहन उत्पादन ४.२० प्रतिशतले घटेको थियो ।
खाद्य तथा अन्य बालीको उत्पादन मध्ये मकै उत्पादनको हिस्सा सबैभन्दा बढी ३९.७१ प्रतिशत रहेकोे छ भने ऊखु उत्पादनको हिस्सा सबैभन्दा कम ०.०२ प्रतिशत रहेको छ । त्यसैगरी धान उत्पादनको हिस्सा २५.७७ प्रतिशत र आलु उत्पादनको हिस्सा २१.६९ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ को चैतदेखि २०७८/७९ को भदौसम्म कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि अवलम्बन गरिएको पटक–पटकको बन्दाबन्दीले प्रादेशिक अर्थतन्त्रमा संकुचनन ल्याएको नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख विनय सिग्देलले बताए ।
राष्ट्र बैंकले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको देखिएको छ । यहाँ पर्यटक आवागमनको संख्या ९४.९६ प्रतिशतले घटेको छ । पर्यटकस्तरीय होटल तथा लजको संख्या ६.४३ प्रतिशतले घटे पनि होटलका बेड संख्या भने १२ प्रतिशतले बढेको छ ।