२०८१, २० बैशाख बिहीबार

कर्णालीका समानुपातिक सांसदहरुले पनि एक करोडको पूर्वाधार विकास कार्यक्रम पाउने

सुर्खेत : कर्णाली प्रदेशमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समानुपातिकबाट निर्वाचित भएका सांसदले पाउने भएका छन् । चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७९÷०८० मा लागु हुने गरी कर्णालीका १२ जना समानुपातिक सांसदहरुले १ करोड रुपैयाँ दरले पूर्वाधार विकास कार्यक्रम गर्न पाउने भएका छन् ।
प्रत्यक्ष निर्वाचित सांसदहरुले विगतमा पूर्वाधार विकास कार्यक्रम लागु गर्दा आफू खुशी वितरण गर्ने उक्त बजेट कर्णालीमा चालु आर्थिक वर्षबाट समानुपातिक सांसदले पाउने भएका हुन् ।
प्रभावकारी नभएको भन्दै पूर्वाधार कार्यक्रम नै खारेज गर्न प्रदेश सरकारलाई दबाब बढेको बेला कर्णाली प्रदेश सरकारले समानुपातिक सांसदहरुले पनि यो कार्यक्रम लागु भएको छ ।
कर्णाली प्रदेशमा यो कार्यक्रम लागु हुनुपर्छ भन्ने पक्षमा सत्ता पक्षका सांसददेखि प्रतिपक्षका सांसदहरु एक मत रहेका थिए ।
कर्णाली प्रदेशका २४ वटा प्रदेश निर्वाचन क्षेत्रमा यो कार्यक्रम लागु हुँदै आएको छ । समानुपातिकबाट निर्वाचित हुने सांसदहरुले यो कार्यक्रम लागु गर्न पाएका थिएनन् । चालु आर्थिक वर्षबाट कर्णालीका समानुपाति सांसदहरुले यो कार्यक्रम लागु हुन लागेको हो ।
कर्णाली प्रदेशसभा सामाजिक विकास समिति अध्यक्ष समेत रहेकी नेकपा(एकीकृत समाज समाजवादी)का सांसद देवी ओलीले जनताका सानातिना समस्या हल गर्नका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ठिक रहेको बताइन् । ‘४० जना सांसदहरुले नै यो कार्यक्रम लागु गर्नुपर्छ ।’ उनले विगतमा भनेकी थिइन् ‘प्रभावकारी कार्यन्वयन र सुशासनको पाटो हेरिनुपर्छ ।’
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नाम दिएर हरेक सांसदलाई वर्षमा पाँच करोडका दरले बजेट उपलब्ध गराउँदै आएको छ ।
यो कार्यक्रम खारेज भएमा प्रदेश सरकारले सांसद विकास कोषमार्फत वितरण गर्नुपर्ने एक अर्ब ९१ करोड बजेट बचत हुने अ अर्थ मन्त्रालयले जनाएको छ ।
बजेट भाषण आएन् मुख्यमन्त्री खुसुक्क ल्याए कार्यबिधि
आर्थिक वर्ष २०७९÷८० को आर्थिक बजेट तथा नीति तथा कार्यक्रममा समानुपातिक सांसदलाई पूर्वाधार बिषेश कार्यक्रम लागु कार्यक्रम ल्याएको थिएन् । चालु आर्थिक बर्षमा कार्यान्वयन गर्ने गरि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यो कार्यक्रम लागु गर्न मातहतका निकायलाई निर्देशिका जारी गरेका छन् । यो कार्यक्रम लागु गराउन चुनावको घोषणा भइसकेपछि साउन २९ गते निर्णय गरेर ३० गतेबाट लागु गर्ने गरि सञ्चालनमा ल्याउन भनिएको छ । जब सांसदहरुको कार्यकाल अब करिब ३ महिनापनि बाँकी छैन् ।
पूर्वाधार विकासको रकम पाउने को को छन् समानुपातिक सांसद
कर्णालीमा समानुपातिकका १६ जना सांसद भएपनि १२ जना सांंसदले पाउने भएका छन् । पुष्पा घर्ति बिष्ट(सुर्खेत), राजु नेपाली (सुर्खेत) सीताकुमारी नेपाली(सुर्खेत), पद्मा खड्का(सुर्खेत) यज्ञबहादुर बुढाक्षेत्री(सुर्खेत) अमृता शाही(सुर्खेत), झोबा विक(मुगु), हिमबहादुर शाही (दैलेख), मिनासिंह रखाल (दैलेख), दिनबन्धु श्रेष्ठ (जुम्ला) कौशिलावति खत्री (जाजरकोट) र शोसिला शाही(कालिकोट) रहेका छन् ।