याहूको ५० करोड इमेल ह्याक
इन्टरनेट कम्पनी याहूले बिहिबार ह्याकरले आफ्ना ५० करोड प्रयोगकर्ता ह्याक गरेको पुष्टि गरेको छ। ह्याक गरिएको डाटामा याहू इमेल प्रयोग गर्नेको नाम, ठेगाना, मोबाइल नम्बर, जन्मदिन, पासवर्ड तथा अन्य जानकारी हुन सक्छन्।
यो ह्याक सन् २०१४ को अन्त्य तिर कुनै देशको सरकारले नै गरेको बताइएको छ। यसरी सरकारनै मिलेर करौडौ मानिसको जानकारी ह्याक गर्ने प्रयास हालका दिनमा सामान्य भइसकेको छ। याहूले प्रयोगकर्तालाई इमेलको पासवर्ड र सेक्युरिटी प्रश्नहरु बदल्न आग्रह गरेको छ।
जुलाईमा अमेरिकी कम्पनी ओरिजोनले ४८० करोड डलरमा किनको थियो। याहूमाथी ठूलो साइबर आक्रमण यो वर्षको अगस्टमा पनि आएको थियो। तब ‘पीस’ नामको एक ह्याकरले २० करोड याहू एकाउन्टको सम्बन्धित डाटा बेच्ने कोसिस गरेको थियो।