डिभिजन वन कार्यालय, मुगुका तत्कालीन अधिकृतसहित छ जना बिरुद्ध उजुरी
सुर्खेत : डिभिजन वन कार्यालय, मुगुका तत्कालीन अधिकृतसहित छ जना बिरुद्ध उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले बिषेश अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन अधिकृत डिजिजनतल भरतबहादुर बुढथापा, सव–इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको भन्दै आयोगले बिषेश अदालतमा आरोप–पत्र दायर गरेको हो ।
छायाँनाथ रारा नगरपालिका–७ टोप्ला गाउँमा आ.व. २०७६÷०७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट संचालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण उपभोक्ता समितिका अध्यक्षसमेतले सम्बन्धित कार्यालयसँग गरेको सम्झौता अनुसार काम नगरी मिलेमतोमा भुक्तानी गरी रकम हिनामिना गरेको गरेको आरोप लगोको छ ।
कार्यालयका प्रमुख बुढथापा, सव–इन्जिनियर गोरसिंह बडुवाल, असिष्टेण्ट सव–इन्जिनियर हिमालकुमार मल्ल, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धमेन्द्र शाही र कोषध्यक्ष कुशुमदेवी शाही बिरुद्ध छ लाख ३२ हजार छ सय ७७ रुपैयाँ ५० पैसाको हिमामिना गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवत्ता श्यामप्रसाद भण्डारीले बताए ।
हुम्ला अदानचुली निमिक्त कार्यकारी अधिकृतसहित चार जना बिरुद्ध उजुरी
सुर्खेत । हुम्ला जिल्ला अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेल, इन्जिनियर र सव–इन्जिनियरसमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोप–पत्र बिषेश अदातलमा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयले उनीहरु बिरुद्ध विभिन्न योजनाहरु आफू अनुकूलका व्यक्तिहरुलाई पारी आर्थिक अनियमितता गरेको आरोपमा बिषेश अदालतमा आरोप–पत्र दायर गरिएको हो ।
आ.व.२०७६÷०७७ का विभिन्न योजनाहरु आफू अनुकूलका व्यक्तिहरुलाई पारी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हुम्ला अदानचुली वडा नं. १ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं. ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा अनियमितता गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयले जनाएको छ ।
गाउँपालिका निमिक्त अधिकृत प्याकुरेल, इन्जिनियर मकरध्वज शाही, असिष्टेण्ट सव–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारी बिरुद्ध उजुरी दायर भएको छ ।
गाउँपालिका निमिक्त अधिकृत प्याकुरेल, इन्जिनियर शाही, असिष्टेण्ट सव–इन्जिनियर थापा र ठेकेदार भण्डारी मिलेर सडक निर्माण भएको भन्दा बढी रकम २१ लाख ४७ हजार चार सय ९२ रुपैयाँ ७३ पैसा बढी भुक्तानी दिएको भन्दै उजुरी दायर भएको हो ।