२०८०, २९ चैत्र बिहीबार

धनलक्ष्मी स्क्वास प्रतियोगिता सोमबारबाट सुरु हुने

धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता आउने सोमबारबाट सुरु हुने भएको छ। चौथो संस्करणको प्रतियोगिता साउन १६ देखि २१ गतेसम्म आयोजना हुने आयोजक धनलक्ष्मी महर्जन फाउन्डेसनले शुक्रबार त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

५ दिने प्रतियोगितामा पुरुष र महिलाका छुट्टाछुट्टै खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्ष भन्दा माथि, जुनियर ब्वाइज ओपन र प्लेट गरी ५ विधामा प्रतिस्पर्धा हुने फाउण्डेसनले जनाएको छ।

नेपाल स्क्वास र्‍याकेट संघका अध्यक्ष किशोर महर्जनको प्रायोजनमा हुने प्रतियोगितामा पुरुषतर्फको विजेताले २५ हजार, उप विजेताले १५ हजार र तेस्रोले ९/९ हजार पाउने छन्।

यसैगरी महिलातर्फ विजेताले १८ हजार, उप विजेताले ११ र तेस्रोले ७/७  हजार पाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

जुनियरतर्फ विजेताले १० हजार, उप विजेताले ६ हजार र तेस्रोले ४/४ हजार पाउने छन्। कुल १ सय भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता आयोजनाका लागि प्रायोजक फाउन्डेसनले १ लाख ३५ हजार नगद पुरस्कार उपलब्ध गराउने छ।

दोस्रो संस्करणमा पुरुषतर्फ अरहान्त केशर सिंहले उपाधि जित्दा महिलातर्फ भावना सुनुवार विजयी भएकी थिइन्।