सदगुुरु पुनः नेपाली भूमि हुदैँ मानसरोवर कैलाशको दर्शन गर्ने

सुर्खेत : भारतीय सदगुरु पुनः नेपाली भूमि हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने भएका छन् । गत वर्षको भदौमा हुम्लाको लाप्चाबाट मानसरोवर र कैलाशको दर्शन गरेका थिए ।
यो वर्षको भदौमा पनि सदगुरुले ठूलो समूहसहित हुम्लाको लाम्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न आउने भएका छन् ।
भदौ ३ गते सदगुुरु हुम्लाको सिमकोट आएर लाप्चातर्फ लाग्ने कार्यक्रम रहेको पर्यटन तथा होटल व्यवसायी विजय लामाले बताए । ‘सदगुुरुका साथमा एक हजारदेखि एक हजार चार सय जना पर्यटक नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने कार्यक्रम रहेको छ ।’ उनले भने,‘टोलीमा १७ भन्दा बढी देशका धार्मिक पर्यटक सहभागी हुनेछन् ।’
सदगुरु हुम्लाको सिमकोटसम्म हवाई जहाजबाट आउने र सिमकोटबाट भने हेलिकोप्टरबाट क्याम्पअनुुसार बास बस्दै जाने कार्यक्रम रहेको लामाले बताए ।
सदगुरुका लागि चार वटा हेलिकोप्टर बुक भइसकेका छन् ।