२०८०, १२ चैत्र सोमबार

मप विश्वविद्यालयमा चर्कीदै आन्दोलन, परीक्षा अन्यवलमा, विरोध देखि तोडफोड सम्म

फोटो क्याप्सनः बिहीबार बिहान विश्वविद्यालयको केन्द्रीय क्याम्पसको गेड अगाडी धर्नामा बसेका प्राध्यापकहरु ।

सुर्खेत । केहि दिन यता मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलन निरन्तर चर्कीरहेको छ । वैकल्पिक परीक्षा हुनुपर्ने, विद्यार्थीको फि मिनाह हुनुपर्ने लगायतका १८ बुँदे मागहरु राख्दै विद्यार्थीहरु आन्दोलित छन् । भने कारवाहीमा परेका उप–प्राध्यापक विश्वनाथप्रसाद यादवको कारवाही फोकुवाको माग गर्दै प्राध्यापकहरु आन्दोलनमा छन् । विद्यार्थीहरु साउन ४ गते यता निरन्तर आन्दोलनमा छन् भने प्राध्यापकहरु झण्डै एक महिना देखि आन्दोलनरत छन् । विद्यार्थीलाई आफुखुसी नम्बर दिएको भन्दै ब्रर्खास्तमा परेका उप–प्राध्यापक यादवको कारवाही फिर्ता सहितका १५ बुँदे माग गर्दै प्राध्यापकहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आन्दोलनको क्रममा विद्यार्थीहरुले तोडफोड, नारा जुलुस सहित विरोधमा उत्रिएका छन् । संयुक्त विद्यार्थी संगठनले विभिन्न १८ बुँदे माग साउन ४ गते उपकुलपति सामु पेश गरेका थिए । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू र अखिल छैठौँले आन्दोलनमा एक्यवक्तता जनाएका छन् ।

यो बिचमा विद्यार्थी र वार्ता समूह बिच वर्ताका थुप्रै पर्यासहरु भए पनि सबै पूर्णयता असफल भएका छन् । बुधबार वार्ता टोली र विद्यार्थी बिच वार्ता भइरहेको अवस्थामा उपकलुपति कार्यालयमा तोडफोड भएको छ । बुधबार साँझ ५ः४२ मिनेटमा वार्ता अगाडी भइरहेको अवस्थामा कार्यालयमा तोडफोड भएको उपकुलपति नन्दबहादुर सिंहको नीजि निवासले जानकारी दिएको छ ।

उपकुलपतिको नीजि निवासमा ढुङ्गा मुडा प्रहार सहित विद्यार्थीले आन्दोलन गर्दा निवासमा राखिएको गाडी, घरको झ्याका सिसा फुटेका छन् । तोडफोड प्रति विश्वविद्यालयले घोर निन्दा र भत्र्सना गरेको छ । वार्ता भइरहेको अवस्थामा निवासमा तोडफोड गर्ने सबैलाई कारवाहीको दायरामा ल्याउने उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बताए । एक, एक जना विद्यार्थीको रेकर्ड भएको भन्दै उपकुलपति सिंहले कारवाहीको दायरामा ल्याउने बताए ।

‘विश्वविद्यालयलाई आफ्नो कब्जामा लिन खोज्ने, विश्वविद्यालयको दाना पानी खाएर बाहिर अन्य कलेजहरुमा पढाउने प्राध्यापक, उप–प्राध्यापकहरुका कारणले विश्वविद्यालय आन्तरिक समस्यामा फस्दै गएको छ ।’ उनले भने, ‘म हुञ्जेल सम्म विश्वविद्यालयको हित विपरित हुने कुनै पनि काम गर्न दिँदैन । नराम्रो काम गर्ने सबैलाई कारवाहीको दायरामा ल्याउँछु ।’

विद्यार्थीहरु बिच अन्य बिषयहरुमा लगभग सहमति भए पनि अनलाईन मार्फत परिक्षा हुने, विद्यार्थीको फि मिनाह गर्नुपर्ने बिषयमा सहमति हुन नसकेको वार्ता टोलीका संयोजक डा. लिलाधर तिवारीले बताए । वार्ता नै समस्या समाधानको एक मात्र माध्याम भएको भन्दै डा. तिवारीले वार्ता मार्फत समस्या समाधान हुने बताए ।

यता प्राध्यापकहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत बिहीबार विश्वविद्यालयको केन्द्रीय क्याम्पसको गेट अगाडी धर्ना दिएका छन् । प्राध्यापकहरुले उपकुलपति सिंहको निर्णयको विरोध गरेका छन् ।