२०८१, ८ बैशाख शनिबार

१८ दिन देखि दुई युवती बेपत्ता

फोटो क्याप्सनः वेपत्ता दई युवती ।

सुर्खेत । असुार २७ गते दिउँसो चार बजे गुर्भाकोट नगरपालिका–११ की १९ बर्षीया भिमकला विक नगरपालिका–९ को बोटेचौर बजारमा किनमेलको लागि निश्किन । त्यहि समयमा सोही ठाउँकी १६ बर्षीया कृष्णा सुनार घरबाट केहि पर बाख्रा चराउदै थिइन् ।

कृष्णा साँझ सात बजे सम्म घर नफर्कीए पछि परिवारले खोजी कार्य सुरु गरे । कृष्णा र भिमकला मिल्ने साथी थिए । उनीहरु दुवै जना हराएको भन्ने खवर आयो । दुवैका परिवारजनले उनीहरुलाई फोन गरे, आफन्तकोमा सम्पर्क गरे । तर उनीहरुको फोन उठेन । परिवारले भागेर विवाह गरेर गएको भन्ने आसंका गरे । भिमकला कक्षा १० र कृष्णा कक्षा ११ मा अध्ययन गर्दै छन् । अर्को दिन बिहान सम्पर्क गर्दा उनीहरुको मोवाईल सुईचप थियो ।

परिवारले प्रहरी चौकी मेहेलकुना फोटो दिएर जोखी कार्य सुरु गरे तर कुनै पत्ता लागेन । त्यसपछि परिवारले असार ३० गते ईलाका प्रहरी कार्यालय छिन्चुमा कल डिटेल तथा खोजी कार्यको लागि अनुरोध गर्दै निवेदन दिए । परिवारले निवेदन दिएको १४ दिन पुग्दा पनि उनीहरुको कुनै पत्ता लागेको छैन ।

ईलाका प्रहरी कार्यालय छिन्चुले साउन ९ गते मात्रै नेपाल टेलिकमबाट कल डिटेल निकालेको छ । प्रहरीका अनुसार ती युवतीको बाँकेको नेपालगञ्ज स्थित नेसनले टेडिङको भवन नजिकैबाट सुईचअप भएका पत्ता लागे पछि भारत गएको हुन सक्ने आसंका गरिएको छ । घर परिवार आफन्तहरुले सबै तिर खोजी कार्य गरे पनि कुनै पत्ता नलागे पछि खोजी कार्यका लागि अपिल गरेको छ । नेपालमा उनीहरु जान सक्ने सबै ठाउँमा सम्पर्क गर्दा पनि उनीहरु पत्ता नलागेको कृष्णका पुसाई राजन बिसीले बताए ।

यता ईलाका प्रहरी कार्यालय छिन्चुले उनीहरुको अन्तिम कल को संग भएको थियो उसको पत्ता लागे पनि सबै कुरा खुल्दै जाने बताएको छ । कार्यालयका प्रहरी निरिक्षक दिपक मल्लले अन्तिम कल डिटेलको लागि नेपाल टेलिकमलाई पत्र लेखिएको कल डिटेल आए पनि सबै कुरा पत्ता लाग्ने बताए ।

‘नेपालगञ्ज गएर मोवाईल अप भए पछि भारतमा गएको हुन सक्ने आसंका छ,’ उनले भने, ‘प्रहरीले अन्य सबै पक्रिया पुरा गरिसकेको छ । तर पनि कुनै पत्ता लाग्न सकेको छैन । अन्तिम कल डिटेल आए पनि थप कार्य अघि बढाउने छौँ ।’

यता परिवारजनले प्रहरीले खोजीकार्यमा उदासिनता देखाएको बताएको छ । प्रहरीकहाँ खोजी कार्यका लागि जाँदा उल्टै निराश बनाउने गरेको राजनले बताए । गाउँघरबाटै वेपत्ता भएका कारण गाउँकै मानिसको संङलग्नता भएको हुन सक्ने उनको भनाई छ ।

‘भारतमै गए पनि को संग, किन, केको लागि गएको त्यो परिवार जन जान्न चाहान्छन्,’ उनले भने, ‘परिवार दिन प्रतिदिन चिन्तामा छ । उनीहरु कस्तो अवस्थामा छन् । कसले कुन नियतले भारत पु¥यायो । त्यो चिन्ता बढेको छ ।’

उनीहरुलाई फोला पार्नेले नजिकैको प्रहरी चौकी वा कृष्णाका बुवा गोपाल सुनारको मोवाईल नम्बर ९८४८५५५७७४ र राजन बिसीको ९८४८११९१३९ मा फोन गरेर सम्पर्क गर्न परिवारजनले अनुरोध गरेका छन् ।