२०८१, १ कार्तिक बिहीबार

दैलेख र सुर्खेतका थप ५ जना संक्रमितको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा प्रदेश अस्पतालमा उपचारको क्रममा सुर्खेतका ४ र जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा एक जना संक्रमितको मृत्यु भएको हो । यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमित मध्ये मृत्यु हुनेको संख्या ५९ पुगेको छ । मृतकको शव जनस्वास्थ्य कार्यालयले नेपाली सेना संगको समन्वयमा व्यवस्थापनको काम गरिरहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।