२०८२, २० बैशाख शनिबार

सुर्खेतका सबै पालिकामा अक्सिजन सहितको आइसोलेसन बेड राखिने

सुर्खेत । सुर्खेतका सबै स्थानीय तहमा अक्सिजन सहितको आइशोलेसन बेड राखिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) को बैठकले संक्रमितलाई मध्येनजर राख्दै आइसोलेसन बेड राख्ने निर्णय गरेको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले बजार क्षेत्रमा बढ्दो संक्रमणको दरलाई न्यूनीकरण गर्न उद्योग बाणिज्य संघ, सुर्खेतको अगुवाईमा बजार क्षेत्रका सबै पसलहरुमा अनुगमन गरी जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न लगाउने, त्यसको जानकारी व्यवस्थापन केन्द्रलाई दिने निर्णय गरिएको हो ।

यस्तै प्रदेश अस्पताल सुर्खेतले कल सेन्टरको स्थापना गरी सार्वजनिक सञ्चारमाध्यम मार्फत सबैलाई जानकारी गराउने, दिन प्रतिदिन संकट बढ्दै गएको वीरेन्द्रनगरमा नगर भित्रका सबै संयन्त्रलाई परिचालन गरी स्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालना गर्न लगाउने निर्णय गरेको छ ।