२०८१, २९ चैत्र शनिबार

कर्णालीको उत्पादनलाई प्रोत्साहन गर्दै ‘कुलिनरी द हस्पिटालिटी’

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक ‘कुलिनरी द हस्पीटालिटी’ सेन्टर सञ्चालनमा आएको छ । कर्णालीमा उत्पादन हुने अर्गानिक बस्तुहरुको प्रवद्र्धन, प्रोत्साहन तथा सहि प्रयोग गर्दै युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ हस्पितालिटीको सुरुवात गरिएको हो । सुर्खेतको वीरेन्द्रनगर–४ स्थित १० विगाह क्षेत्रफलमा शुक्रबारबाट हस्पिटालिटी सञ्चालनमा ल्याइएको छ । कर्णालीमा उत्पादन हुने तमाम अर्गानिक बस्तुहरुबाट विभिन्न परिकारहरु बनाउन युवाहरुलाई आक्रर्षण गर्दै उनीहरुलाई स्वरोजगार बनाउने उद्देश्य सहित हस्पिटालिटीको सुरुवात गरिएको सञ्चालक केशव कठायतले बताए ।

‘कर्णालीको अर्गानिक उत्पादनलाई कुकिङ आर्टको माध्यामबाट कसरी प्रयोग गर्न सकिन्छ, गा्रमिण क्षेत्रमा उत्पादित सामाग्रीको प्रयोग गर्दै बढि भन्दा बढि युवाहरुलाई रोजगारी दिने उद्देश्यका साथ हामीले यसको सुरुवात गरेका छौँ,’ सञ्चालक कठायतले भने, ‘जति युवाहरु रोजगारीको खोजिमा हुनुहुन्छ उहाँहरुलाई राम्रो सिप सिकाएर रोजगारी दिने हाम्रो लक्ष्य छ ।’

करिव एक बर्ष अघिबाट निर्माण कार्य सुरु गरिएको हस्पिटालिटी सेन्टर कोरोना भाइरस (कोभिड–१९)का कारण सञ्चालनमा केहि ढिलो भएको उनको भनाई छ । करिव ९० लाख भन्दा बढिको लगानीमा सुरु गरिएको हस्पिटालिटीमा हाल ६ महिने कोर्ष अन्तर्गत २० जना विद्यार्थी अध्ययनरत रहेका छन् । सिटिईभिटिबाट मान्यताप्राप्त हस्पिटालिटी सेन्टरले ६ महिने र १ बर्षे कोर्ष विद्यार्थीलाई सिकाउने उनले बताए । कर्णालीमा पाईने मार्सी चामल, कोदो, फापर, गहुँ, जौँ, स्याउ जस्ता ममान अर्गानिक उत्पादनको बजारिकरणमा हस्पिटालिटीले टेवा पु¥याउने उनको विश्वास छ ।