२०८१, ३० कार्तिक शुक्रबार

फरार प्रतिवादी पक्राउ गर्दै प्रहरी, बैशाख यता २ सय ७३ जना पक्राउ

सुर्खेत । बैशाख यता प्रहरीले कर्णालीका विभिन्न जिल्लाबाट गरी दुई सय ७३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कोरोना भाइरस (कोभिड १९) को माहामारीका बिचमा ठूलो संख्यामा रहेका प्रतिवादीलाई पक्राउ गरिएको हो । लामो सयम सम्म फरार रहेका आफ्नै घर वा आफन्तजनको घरमा लुकि छिपी बसेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हाल दैनिक जसो उनीहरु पक्राउ परिरहेका छन् । प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले फौजदारी मुद्दा तथा देवानी मुद्दामा फरार रहेका उनीहरुलाई पक्राउ गरिरहेको हो । जसमा फौजदारी मुद्दाका एक सय ७० जना र देवानी मुद्दाका एक सय तीन जना रहेका छन ।

कर्णाली प्रदेश प्रहरीको तथ्याङ्क अनुसार सबै भन्दा बढि सल्यानबाट एक सय १७ जना पक्राउ परेका छन् । त्यस पछि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले ६५ जनालाई पक्राउ गरेको छ । यस्तै जिल्ला जिल्ला प्रहरी कार्यालय सुर्खेतले २७ जना, जिप्रका दैलेखले १० जना, जिप्रका जाजरकोटले तीन जना, जिप्रका डोल्पाले दुई, जिप्रका जुम्लाले ६ जनालाई पक्राउ गरेको हो ।

यस्तै जिप्रका रुकुम पश्चिमले १३ जना, जिप्रका मुगुले २० जना, जिप्रका कालिकोटले नौ जना र जिप्रका हुम्लाले एक जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई सम्बन्धीत जिल्ला अदालतमा बुझाउने गरेको प्रहरीको भनाई छ । पक्राउ परेका दुई सय ७३ जनाबाट ६५ लाख ९५ हजार नौ सय ५८ रुपैयाँ जरिवाना र एक सय ५५ बर्ष आठ महिना एक दिन कैद असुल भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कर्णाली प्रदेशका जति पछि फरार अभियुक्तहरु छन् उनीहरु सबैलाई पक्राउ गर्ने कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआईजी) वसन्त कुमार पन्तले बताए । ‘हिजोका फरार प्रतिवादीहरु जो लुकिछिपी बस्ने गरेका थिए । आज तिनीहरुलाई हामीले पक्राउ गरिरहेका छौँ,’ उनले भने, ‘पक्राउ परेकाहरु विभिन्न मुद्दामा १२, १४ बर्ष सम्म भागेकाहरु पनि छन् ।’ हिजो केहि हत सम्म प्रहरीको व्यस्तता, प्रतिवादीको चलाखीका कारणले पनि उनीहरु आज सम्म पक्राउ नपरेको भन्दै उनले जस्तो सुकै अवस्थामा पनि सबै प्रतिवादीहरुलाई पक्राउ गरेरै छाड्ने बताए । प्रहरी विभागको नीति अनुसार फरार प्रतिवादीहरुलाई प्रक्राउ गरिरहेको भन्दै उनले पक्राउ कार्यमा सबै तदारुक्ताका साथ लागिरहेको समेत बताए ।