२०८१, १५ बैशाख शनिबार

लकडाउनकाे समयमा लाेकल रक्सि बरामद

सुर्खेत । लकडाउनको समयमा लाेक्कल रक्सि बरामद गरिएको छ ।
सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका १ मा लकडाउनकाे समयमा १० लिटर लाेक्कल रक्सि बरामत गरिएको हाे ।
वीरेन्द्रनगर नगरपालिका १ नम्बर वडामा वडा अध्यक्ष गंगाराम सुनारकाे सहयोगमा अाज नगरपालिका एकमा लाेक्कल रक्सि बरामत गरिएकाे डिएसपि दान सिङ भाटले बताउनु भयाे ।
डिएसपि भाटले अनुगमनकाे लागि हिडिरहेकाे समयमा वीरेन्द्र नगर १ गहिरि गाउँमा लाेक्कल रक्सीकाे पनि बरामत गरेकाे बताउनु भएकाे हाे ।
उहाँले लकडाउनकाे समयमा रक्सी बरामत गर्नुकाे साथै बाहिरबाट अाएका ३ जना नेपालि नागरिकहरुलाई काेराेना चेकजाँचका लागि प्रदेस अस्पतालमा पठाएकाे पनि बताउनु भएको छ ।