विन्दमान र उपसभामुखको पहिलो प्राथमिकतामा सडक
सुर्खेत । कर्णाली प्रदेश सभाद्वारा पारित गरिएको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेटमा सुर्खेत निर्वाचन क्षेत्र नं. २ (ख)का प्रत्यक्ष निर्वाचित सांसद विन्दमान विष्ट र प्रदेश सभा उपसभामुख पुष्पा घर्ती (बिष्ट)को मुख्य प्राथमिकतामा सडक सञ्जाल परेको छ ।
प्रदेश सरकारद्वारा विनियोजित बजेटमा सबैभन्दा बढी बजेट रानीघाट– तेलपानी–भुरीगाउँ सडकको लागि २० करोड विनियोजन गरिएको छ । यस्तै, छेडा–कल्यानकाध–भक्तडी–धनरास सडकका लागि ९ करोड, गाइघाट– रानीघाट–तरंगा–तातापानी–कर्णाली चिसापानी सडकका लागि ४ करोड बजेट विनियोजन भएको छ ।
प्रदेश सभा सदस्य विन्दमान बिष्टले सामाजिक सञ्जाल फ ेसबुकमा सार्वजनिक गरेको योजनागत विवरण अनुसा र घाटगाउ–ँगुटु–साल्मा– कोइरालबास–कोल्लीमोरा सडकका लागि १ करोड, तातापानी–बाबियाचौर– भक्तडी–जङ्गलाघाटका लागि २ करोड तथा जनता सडक कार्यक्रमको ८ करोड बजेट विनियोजन हुन बाँकी रहेको छ । कृषि सडकमा आ ेदालताल– कुनाथरी–बड्डिचौर–बराहाताल २५ लाख, नाउली–पाचपोखरी–गोठपानी– ुगरखाल–पञ्चपुरी–७ मा २५ लाख, सुनाखरी–थारी–घोडाआखे बराहाताल ९ मा २५ लाख, बाबियाचौर–मुरमुरी पञ्चपुरी–५ मा २० लाख, बुटि इखेनी बिउरेनी बराहाताल ६ मा २५ लाख, सालडाडा शोभानचौर चौकुने ३ मा १५ लाख, बाबियाचौर–कालावन– लामिदमार–तोक्मा–लगाम पञ्चपुरीमा १५लाख, रङ्गशाला–चतुर े–दह पञ्चपुरीमा १० लाख बजेट विनियोजन भएको छ । सिंचाइतर्फ घाटगाउँ लिफ्ट सिचाई चौकुनेमा ६५ लाख रकम विनियोजन भएको छ ।
कुमाला लिफ्ट सिंचाई चौकुने १० मा २० लाख, साझघाट लिफ्ट सिंचाइ बराहाताल ४ मा १५ लाख, खारखोला तल्लोसेरी धनबोट पञ्चपुरी–७ मा १० लाख, बिउरेन सिंचाई बराहाताल–६ मा २० लाख, मायाताल डिपबोरिङ सिचाइ चौकुने ५ मा ३० लाख, लामा डम्मो कोलगाड सिचाइ चौकुने–८ मा ३० लाख, तल्लो लामिदमार लिफ्ट सिंचाई पञ्चपुरी–३ मा २५ लाख, भट्टेघारी डिपबोरिङ सिंचाई बराहताल–८ मा २० लाख, हरिआप सिंचाई बराहताल–८ मा १५ लाख, दमारखेत सिंचाई पञ्चपुरी–६ मा १० लाख, जुम्ल्याहमुल डाडाखेत सिंचाई चौकुने–६ मा १५ लाख, बिचकुलो सिंचाई बराहातालमा १५ लाख, लिबुखोला बोला सिंचाई चौकुने–२ मा २० लाख विनियोजन भएको छ ।
यस्तै, साता माथिल्लो लगाम पिपलकुन्टा चौकुने–२ मा २० लाख, बुढाखोला साउने सिचाइ चौकुने–६ मा २० लाख, ओखले धनिगाड सिंचाई बराहाताल–८ मा १५ लाख, चौर खोला तोक्मा सिंचाई पञ्चपुरी–३ मा १५ लाख, सुनद्वारी सिंचाई बराहताल– ५ मा १५ लाख, भुम्क बिजौरा सिंचाई चौकुने–४ मा २५ लाख, भुटुके सिंचाई बराहताल–८ मा १० लाख, जुम्ल्याहामुल मोतिसेरा सि ंचाई चौकुने–८ मा १० लाख, अमृत टोल चिउरीखेत सिंचाई पञ्चपुरी–३ मा १० लाख, सोतखोला जडीबूटी सिंचाई बराहताल–५ मा १० लाख, मुरमुरी सिंचाई पञ्चपुरी–५ मा २० लाख, सिमलखेत बासपानी सिंचाई चौकुने– ३ मा २० लाख, शोभानचौर लिफ्ट सिंचाई चौकुने–३ मा ४० लाख, बाबाखोला सिंचाई तरंगा बराहताल– ४ मा ३० लाख र माझकुलो सिंचाई पञ्चपुरी–३ मा १७ लाख बजेट विनियोजन गरिएको सांसद बिष्टको वालमा लेखिएको छ ।
मोटरेबल पुलतर्फ पनि बजेट विनियोजन भएको छ । जसमा झ्यान झ्याने खोला पुल चौकुने–९ मा १ करोड, बाबियाचौर खोला पुल पञ्चपुरी–५ मा ४० लाख, कोकली खोला पुल चौकुने–८÷९ मा २० लाख, हत्तेरिघाट पुल बराहाताल १– २ मा २० लाख रकम विनियोजन भएको छ । झोलुङ्गे पुलतर्फ गुटुखोला भाम्ले कालाबन झोलुङ्गे पुल १० लाख, जामु राग गुटुखोला झोलुङ्गे पुल १० लाख बजेट विनियोजन भएको छ ।
खानेपानीतर्फ मायाताल–तोस्रा खानेपानी चौकुने ५ को लागि ६० लाख, बासपानी श्रीचौर खानेपानी बराहाताल– १ मा ४० लाख, त्रिशुले खानेपानी बराहाताल–३ मा ३० लाख, बराइचे खानेपानी पञ्चपुरी–४ मा ३० लाख, खारखोला कुइने खानेपानी पञ्चपुरी– ११ मा ३५ लाख, बल्दे शोभानचौर खानेपानी चौकुने–३ मा ५० लाख, बाङ्गेताल पाग्मा खानेपानी बराहाताल– २ मा १० लाख बजेट विनियोजन गरिएको छ । यस्तै, रानीघाट लिफ्टिङ खानेपानी बराहताल–२ मा४० लाख , पिनेखोला लिफ्टिङ खानेपानी पञ्चपुरी–१ मा ५० लाख, विशाल बजार बोरिङ्ग खानेपानी चौकुने–८ मा ४० लाख, बुढाखाेला लिफ्टिङ खानेपानी चौकुने–१ मा ४० लाख, घट्टेखोला हरे काडा लिफ्टिङ खानेपानी बराहाताल–३ मा ३० लाख, जाजुरा लिफ्टिङ खानेपानी पञ्चपुरी–८ मा ३० लाख र सार्वजनिक शौचालय निर्माण बराहताल–५ मा ३५ लाख बजेट विनियोजन गरिएको छ ।
नदी नियन्त्रणतर्फ साझघाट कसेनी भेरी नदी तरंगामा १५ लाख, छाप्रे भेरी नदीमा १५ लाख, भेरी कर्णाली दोभान कर्णाली नदीमा १५ लाख, खमारीघाट तटबन्धनमा २० लाख, राजीगाउँ राजीगडा खोला नियन्त्रण पञ्चपुरी–१० मा २० लाख, सोतखोला नियन्त्रणमा २० लाख, मा.वि. तरंगादेखि बत्तीसे खोलासम्म भेरी नदीमा २० लाख, कुटा भेरी नदीमा १५ लाख, झाला कर्णाली नदीमा १५ लाख बजेट विनियोजन भएको उल्लेख छ ।
यस्तै, पर्यटनतर्फ विद्यापुर जाजुरा दह पर्यटकीय सडक ५० लाख, पञ्चपुरी पर्यटकीय क्षेत्र ५० लाख, शिवालय पर्यटन पूर्वाधार विकास घाटगाउँ ८० लाख, जलयात्रा पूर्वाधार पञ्चपुरी १५ लाख बजेट विनियोजन भएको छ । उद्योगतर्फ कम्पोस्ट मल तथा जैविक विषादी उद्योग बराहताल २ क रा ेड, बेसा र प्रशा ेधन उद्या ेग बराहताल–१ मा २० लाख बजेट छ । नमूना विद्यालयतर्फ नेरामावि लगाम चौकुने–२ मा ५० लाख, मालिका मा. वि. छाप्रे पञ्चपुरी–७ मा ५० लाख, विजयश्वोरी मा. वि. पाग्मा बराहताल– २ मा ५० लाख, विद्यापुर जनता विन्दमान… बहुमुखी क्याम्पस २० लाख, ने.रा.प्रा.वि. तोक्मा पञ्चपुरी–३ मा २० लाख, देवस्थान मा.वि. कुमाला चौकुने–१० मा २० लाख, ने.रा.आ.वि. भट्टेसेरा चौकुने– ८ मा २० लाख, जनजागृत मा.वि. दमार बराहाताल–८ मा २० लाख, ने.रा.आ.वि. पञ्चपुरी–११ ताउलेमा १० लाख, योग्यज्योती आ.वि. बराहताल–६ लामकानेमा १० लाख र स्वास्थ्य चौकी गुटु बर्थिङ सेन्टर चौकुने २५ लाख बजेट विनियोजन गरिएको छ ।