ट्रम्पको नाममा चेतावनी- नत्र तेश्रो विश्व युद्ध निश्चित
चर्चित अन्तराष्ट्रिय ह्याकर समूहले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका नाममा एक चेतावनी भिडियो जारी गर्दै युद्धको रणनीति नबनाउने सचेत गराएको छ ।
अव संसारमा युद्ध गर्न पुगिसकेको भन्दै उक्त समूहले अव अति भो युद्ध अन्त्य गर भनेको छ ।
एनोनिमस नामक उक्त ह्याक समूहले भनेको छ, “अव कति मान्छे मर्ने ? अव त अति भो, अव युद्धको रणनीतिको अन्त्य हुनु पर्छ । यो यस्तो खेल हो जहाँ कसैले पनि जित्दैन” ।
एनोनिमसले चतावनीपूर्ण भाषामा भनेको छ, “यदि तिमीले यो सन्देश बुझेनौं भने तेश्रो विश्व युद्ध हुने निश्चित छ ।” युद्ध भएमा हजारौं मानिस मारिने र प्रत्येक मृत्युमा तथाकथित नेताको असफलता जोडिने एनोनिमसको चेतावनी छ ।
अमेरिकामा राष्ट्रपति निर्वाचित भएपछि कुनै पनि नेताले यसरी ह्यार समूहको चेतावनी पाएको यो पहिलो पटक हो । अनपेक्षितरुपमा चुनाव जितेका डोनाल्ड ट्रम्पले आफ्नो विजयसँगै थुप्रै अनपेक्षित घटनाक्रम ब्यहोरिरहेका छन् । उनको विजयपछि अमेरिकामा कहिल्यै नभएका विरोध प्रदर्शन भएका थिए । कतिपयले उनीमाथि महाअभियोग लाग्ने चर्चा समेत गर्दै आएका छन् ।