ट्रम्पले कार्यालय सम्हाले लगतै २०-३० लाख आप्रवासीलाई देश निकाला गर्ने
आफुले कार्यालय सम्हाले लगतै ३० लाख ‘अनडकुमेन्टेड’ आप्रवासीलाई देश निकाला गर्ने नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
राष्ट्रपतिको चुनाव जितेपछिको पहिलो अन्तर्वार्ताको क्रममा उनले आफुले बताउँदै आएको आप्रवासी नीती लागु गर्ने र अमेरिका अनि मेक्सिकोको बिचमा पर्खाल बनाउनेमा जोड दिएका हुन। ‘आपराधिक रेकर्ड भएका, ग्याङका सदस्य, ड्रग डिलर, करिब २० लाख, ३० लाख पनि हुन सक्छन्, हामी तिनीहरुलाई देशबाट बाहिर निकाल्छौ वा नियन्त्रणमा लिनेछौ।’ ट्रम्पले अन्तर्वार्ताको क्रममा भने।
एकपटक सीमा ‘सुरक्षित’ भएपछि ब्युरो अफ इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले देशमा बाँकी रहेका अनडकुमेन्टेड आप्रवासीको अवस्था मुल्याङ्कन गर्ने ट्रम्पले बताए। ट्रम्पले आफ्नो आप्रवासी नीति कसरी लागु गर्छन् अझै स्पष्ट पारेका छैनन्। कागजात नभएका आप्रवासीले देश छोड्ने नछोड्ने बारे अध्यागमन अदालतमा अपील गर्न पाउँछन्। अदालतमा पहिले देखि नै कयौं मुद्धा विचाराधीन छन् र तत्कालै कुनै देश निकाला हुने अवस्था छैन।
अझ ट्रम्पले अहिलेसम्म प्रष्ट पार्न सकेका छैनन् कि उनको यो नीति ओबामा प्रशासनले लागु गरेको नीति भन्दा कसरी फरक छ। ओबामा प्रशासनको नीति अनुसार आपराधिक गतिविधिमा संलग्न आप्रवासीलाई प्रमुख प्राथमिकतामा राखी देश निकाला गरिने व्यवस्था छ।
ट्रम्पले आफुले बनाउने भनेको पर्खालको बारेमा पनि केही जानकारी दिएका छन्। ट्रम्पको अनुसार अमेरिका र मेक्सिकोको बिचमा कुनै ठूलो पर्खाल हुनेछैन। ‘त्यहाँ तारबार गरिन सक्छ’, उनले भने, ‘कुनै निश्चित क्षेत्रमा ९तारबार गरिने०, तर केही अन्य क्षेत्रमा पर्खालनै उपयुक्त हुन्छ। म यसमा निकै राम्रो छु, जसलाई निर्माण भनिन्छ।’
‘रोगी संरक्षण र किफायती हेरविचार ऐन’ जसलाई ‘ओबामाकेयर’ पनि भनिन्छ, शुक्रबार ट्रम्पले वाल स्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा ओबामाकेयर कि संशोधन, कि खारेज वा अर्को नीतिले विस्थापित गरिने बताए।
आफु प्रोत्साहित भएको बताउने ट्रम्पले अहिलेका राष्ट्रपति ओबामाका नीति तथा कार्यक्रम बिघटन गर्दा अधिक अमेरिकी नागरिक अमेरिका अध्यारो, नयाँ चरणमा प्रवेश गरेको विश्वास गर्छन्। ट्रम्पको विरोधमा लाखौँ नागरिक सडकमा उत्रेका छन्। आफ्नो राष्ट्रपति नभएको भन्दै प्रदर्शन गरिएको छ।