२०८१, १६ चैत्र आईतवार

भारतको उत्तराखण्ड सरकार संजीवनी बुटीको खोजीमा

१३ साउन, एजेन्सी।

hanuman-sanjeevani-herb-20385908भारतको उत्तराखण्ड सरकारले राज्यमा संजीवनी बुटीको खोजी सुरु गरेको छ।

यो त्यहि संजीवनी बुटी हो जसको उल्लेख रामायणमा गरिएको छ। हनुमान बुटिको खोजीमा निस्कन्छन् अनि पुरै पर्वत उठाएर श्रीरामको सम्मुख पुर्याउँछन्। बुटिकै प्रभावले मुर्छित लक्ष्मण ब्युँतिएको प्रसंग रामायण कथामा पढ्न पाइन्छ।

हिन्दुस्तान टाइम्सले लेखेको छ कि संजीवनी बुटीको खोजीको लागि उत्तराखण्डमा एक समिति बनाइएको छ। संसारमा यसको बजारको सम्भावना र जीवन रक्षक गुणको कारण यो अलौकिक बुटीको खोजी सुरु गरिएको स्टेट मिनिस्टर सुरेन्द्र सिंह नेघी बताउँछन्।

देहेरादुनबाट करिब ४०० किलोममिर टाढा रहको चमोली जिल्लाको हिमालय श्रृखंलामा खोजीकर्ताहरुले बुटीको खोजी गर्ने बताइएको छ। यो अलौकिक बुटी हनुमानले समेत चिन्न नसकेको कथाका बिच खोजी सुरु गरिएको यसलाइ पहिचान गर्नु नै सबैभन्दा ठूलो चुनौती हुनेछ।

खोजी समितिका ४ जना आयुर्वेद विशेषज्ञले अगस्टबाट काम सुरु गरि रिपोर्ट बुझाउने बताइएको छ।