२०८१, २० बैशाख बिहीबार

हिलारी अमेरिकाको इतिहासमै राष्ट्रपतिको पहिलो महिला उम्मेदवार

hillary-clinton-281057412१२ साउन, एजेन्सी।
हिलारी क्लिन्टन अमेरिकामा कुनै प्रमुख राजनीतिक दलको तर्फबाट राष्ट्रपतिको चुनावको उम्मेदवारी हासिल गर्ने पहिलो महिला बनेकी छिन्।

फिलाडेल्फियामा चलिरहेको डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा पार्टीको प्रतिनिधिहरुले हिलारी क्लिन्टनलाई राष्ट्रपति पदको लागि आफ्नो आधिकारिक उम्मेदवार मनोनित गरेका छन्।

हिलारी क्लिन्टन अमेरिकामा पूर्व राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हुन। नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा हिलारीको प्रतिस्पर्धी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प हुनेछन्।

राष्ट्रिय सम्मेलनको पहिलो दिन बर्नी स्यान्डर्सका समर्थकले हिलारी क्लिन्टनको दावेदारीलाई विरोध गरेका थिए। तर पार्टी अधिकारीहरुले यो विरोधलाई शान्त गराएर तनाव मुक्त गराएका छन्।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारीको लागि बर्नी स्यान्डर्स पहिले हिलारीका प्रतिद्वन्दी थिए। पछि बर्नी पनि हिलारीकै समर्थनमा आएका थिए।