२०८१, १९ बैशाख बुधबार

प्रकाश शाहीको ‘सुन परदेशी’ झ्याउरे गीत सार्वजनिक

सुर्खेत । प्रकाश शाहीको झ्याउरे गीत शुन परदेशी सार्वजनिक भएको छ । मंगलबार प्रकाश शाही युट्युब च्यानलबाट यो गीत सार्वजनिक भएको हो ।

झ्याउरे विद्यामा बनेको सुन परदेशी गीतमा टिका पुन र नेत्र भण्डारीको स्वर रहेको छ । प्रकाश शाहीको शब्द र निर्देशनमा रहेको यस गीतमा कविराज गीरीको संगित रहेको छ । ज्योती पौडेल शाहीले उत्पादन गरेको सुन परदेशी गीतमा प्रकाश शाही, अन्जली अधिकारी, विजय पुन, जुना तामाङको अभिनय रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै गीतका सर्जक प्रकाश शाहीले यो गीत मार्फत झ्याउरे विद्यामा परदेशी र घरदेशीका भावनाहरुलाई प्रस्तुत गरेको बताए । निकै रोचक र मार्मिक शव्दमा बनेको यस गीतले धेरैभन्दा धेरै दर्शक स्रोताको साथ र माया पाउने अपेक्षा लिएको पनि उनको भनाइ छ ।
https://www.youtube.com/watch?v=2PGb6focrro