निर्वाचित भए लगत्तै प्रदेशसभा सदस्य बिष्ट एक्सनमा
सुर्खेत : कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि पूर्व आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणको ‘एक्सन’ मा उत्रिएका छन् । सुर्खेत निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख) बाट निर्वाचित भएका विष्ट विकास निर्माणको काममा एक्सनमा उत्रिएका हुन् ।
विस्टले पश्चिम सुर्खेतको विद्युतिकरण र सडक निर्माणको काम तिब्र गतिमा अघि बढाउन निर्देशन दिएका छ्न ।
प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि मन्त्री विष्टले मंगलबार पुर्बाधार बिकाश निर्देशनालय र सुर्खेतस्थित विद्युत प्राधिकरणको कार्यालय पुगेर तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे । पश्चिम ‘सुर्खेत अझैँ पनि पुर्ण रुपमा विद्युतिकरण हुन सकेको छैन ।’ उनले भने,‘त्यसका लागि सबै सराकोरवालाले ध्यान दिन आवश्यक रहेको छ । बजेटको अन्य बिषयको व्यवस्थापन म गर्छु ।’
पुर्वधार विकास निर्देशनालय प्रमुखलाई भेट गर्दै बराहताल गाउँपालिका बड्डिचौर खम्बागाडेसम्मको १२ किलोमिटर सडक कालोपत्रे काम सुस्त गतिमा अघि बढेको जनगुनासो आईरहदा मन्त्री विष्टले तत्काल काम अघि बढाउन आग्रह गरेका छन् । ‘म निर्वाचित भएको जनताको सेवा गर्नका लागि हो ।’ उनले भने,‘त्यो काम चाडो सम्पन्न गर्न आवश्यक रहेको छ ।’
यस्तै पश्चिम सुर्खेतका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका विद्युतिकरणको काम तत्काल शुरु गर्न विद्युत बितरण केन्द्र सुर्खेतलाई आग्रह गरेका छ्न । ‘मेरो प्राथमिकता भनेको सुर्खेत तथा कर्णालीका सबै जिल्लामा विकास गर्ने लक्ष्य राखेको छु ।’ उनले भने,‘पहिलो चरणमा सुर्खेतका पश्चिमका सबै बस्तीमा विद्युत पु¥याउनु रहेको छ ।’
विद्युतीकरण नभएको ठाउँमा आगामी ५ वर्षे कार्यकालमा बत्ती पु¥याउने, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्य राखिएको पूर्व मन्त्री विष्टले बताए । ‘मैले सबै ठाउँमा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको विकासको लक्ष्य लिएको छु ।’ उनले भने,‘यसका लागि म निरन्तर लागि रहनेछु ।’









