२०७९, १८ मंसिर आईतवार

निर्वाचनको ४ दिनपछि मतपेटिका सदरमुकाम ल्याइयो

सुर्खेत: आमनिर्वाचन सम्पन्न भएको चार दिनमा हुम्लाको सर्केगाड गाउँपालिकाबाट मतपेटिका सदरमुकाम सिमकोट ल्याइएको छ ।
सर्केगाडका मतदान केन्द्रमा थन्किएर बसेका १३६ मतपेटिका आज बुधबार नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पु¥याइएको हो ।
जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार हुम्लाको मतगणना आज बेलुका ७ बजेबाट हुने भएको छ ।