२०८१, ७ बैशाख शुक्रबार

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत :  अविरल वर्षातका कारण आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत दैलेख आठबीस नगरपालिका–५ मालाचौरको दिउँसो खसेको पहिरोले राजमार्ग अवरुद्ध गरेको हो।
कर्णाली प्रदेश प्रहरीकाअनुसार छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका–९ पोखरे भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
यस्तै, जिल्लाको कपुरकोट गाउँपालिका–५ अरिङ्गाले फेदीस्थित राप्ति राजमार्ग पनि पहिरोका कारण अवरुद्ध बनेको छ।

अविरल वर्षाको कारण माथिबाट पहिरो आएर पुर्ण रुपमा अवरोध भएको राप्ति राजमार्गमा गाउँपालिकासँग समन्वय गरि ५ प्रहरी टोलिसहित बाटो खुलाउने पहल भइरहेको प्रहरीको भनाई रहेको छ।
यस्तै, कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबीस नगरपालिका–५ मालाचौर र छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका–९ पोखरेमा प्रहरी टोली परिचालन गरि पहिरो हटाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।