अर्गानिक प्रदेशमा बिषादी निषेध गर
कर्णाली प्रदेशलाई जैबिक तथा अर्गानिक प्रदेश घोषणा २०७५ सालमा नै गरिएको छ । तर, कर्णाली प्रदेशमा बिषादी युक्त खाद्यान्न तथा तरकारी आउन रोकिएको छैन् । अर्कोतर्फ कर्णालीमा नै उत्पादन हुने कृषिजन्य बस्तु बिषादी गर्न पूर्ण रुपमा रोक लगाइनु पर्छ । कृषि उत्पादन वृद्धि गर्न र तिनलाई जोगाउन विभिन्न किसिमका रसायन र विषादीको प्रयोग गर्नुपर्छ । यसका लागि विषादीको प्रयोग विश्वभर पै हुन्छ । तर, हामीकहाँ जथाभावी विषादी छर्ने र त्यसको प्रभाव कम नहु“दै उत्पादन बजारमा पठाउने तथा उपभोक्ताले पनि आवश्यक सुरक्षा उपाय नअपनाई उपभोग गर्ने प्रचलनले गर्दा यसको असर निकै बढी पर्ने गरेको छ । केही विषादीको असर तत्काल देखिने भए पनि कतिपयको दीर्घकालमा देखिने हुन्छ ।
जबकि अवैध रूपमा तस्करीका माध्यमबाट पनि ठूलै मात्रामा गुणस्तरहीन र हानिकारक विषादी भित्रिने गरेको छ । यसरी भित्रिने विषादीको जथाभावी प्रयोग, असुरक्षित भण्डारण एवं अव्यवस्थित विसर्जनका कारण मानव स्वास्थ्य एवं वातावरणमा नकारात्मक असर परेको छ ।
विषादीको नकारात्मक प्रभावको चर्चा धेरै अघिदेखि चले पनि कृषि उत्पादनमा विषादी परीक्षण नभएकाले यो कुरैमा सीमित थियो । यसले विषादीको प्रयोग दिनदिनै बढिरहेको थियो, जसबाट विषादी विक्रेता तथा खासगरी तरकारी र फलफूलका बिचौलियाले अनुचित लाभ लिएका थिए भने कृषक र उपभोक्ता यसको मारमा परेका छन् ।