२०८१, ८ बैशाख शनिबार

पश्चिम सुर्खेतका तीन पालिका विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिदैँ समयमै काम सक्न मन्त्री विष्टकाे निर्देशन

सुर्खेत : पश्चिम सुर्खेतका तीन पालिका विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएका छन्। सुर्खेतबाट प्रशारण लाइन विस्तारमा ढिलाई हुने भएपछि कैलालीको मोहन्याल गाउँपालिकाबाट विद्युत विस्तारको काम अगाडि बढाइएको हो।

३३ केभी प्रशारण लाईन विस्तारपछि पश्चिम सुर्खेतका तीन पालिका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिका विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिने छन्।

शनिबार विद्युतिकरणको कार्यप्रगतिबारे जानकारी लिन पञ्चपुरी र चौकुने पुगेका कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले विद्युतिकरणको काम समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

प्रशारण लाइन पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा रहेकको सव स्टेशनमा जोडिने  । सव स्टेशन यसअघिनै निर्माण भइ सकेको छ। नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालयका अनुुसार विद्युत विस्तारको काम अन्तिम चरणका पुगेको छ।

आगामी भदाै‌ मसान्तसम्म प्रशारण लाइन संचालनमा आउने कार्यालयले जनाएको छ। कोहलपुर-सुर्खेत प्रशारण लाइनबाट पश्चिम क्षेत्रमा विद्युत विस्तारमा ढिलाइ हुने भएपछि कैलालीबाट प्रशारण लाइन विस्तार गर्न पहल थालिएको थियो।