साफ यू-२० च्याम्पियनसिप : भारतकाे जितपछि नेपाल बाहिरियाे
काठमाडाैं : बीस वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्ने नेपालको चाहनामा पूर्णविराम लागेको छ। केहीबेर अघि सम्पन्न खेलमा माल्दिभ्स भारतसँग १-० गाेलले पराजित भएसँगै नेपाल खेलबाट बाहिरिएको हो।
यदि माल्दिभ्सले भारतलाई जितेकाे भए नेपालले उपाधिका लागि बङ्गलादेशसँग भेट गर्ने पक्का थियो। भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरे । उनले खेलको ९० औँ मिनेटमा गोल गरे। यस जितसँगै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। अब उपाधिका लागि भारतले आगामी शुक्रबार बंगलादेशसँग खेल्ने छ। यसअघि आजै भएको खेलमा नेपाललाई १–१ को बराबरीमा रोक्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको हाे।