२०८०, १८ आश्विन बिहीबार

कोरोना पीडितले राहत नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी

सुर्खेत : कालिकोट पचालझरना गाउँपालिका वडा नं.७ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । कोरोना पीडितलाई राहत नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।
कोरोना पीडितलाई राहत नदिएर गैर पीडितलाई राहत दिएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।
कोरोना पीडितलाई सरकारले दिएको १० हजार रुपैयाँ राहत कोरोना पीडितलाई भन्दा वडा अध्यक्ष कलबहादुर ऐडीले आफ्ना आफन्त र चुनावमा खटिने कार्यकर्तालाई दिएको भन्दै स्थानीयले सोमबारदेखि ताला लगाएका हुन ।
वास्तविक कोरोना पीडित ८० जना रहेको रकम ३७ जनाको मात्रै आएको हुनाले पहिलो प्रथामिकतामा केहीलाई मात्र दिएको वडाअध्यक्ष ऐडीले बताए । ‘मैले आफन्तलाई दिएको हैन छनौट भएका पीडितलाई बाँडेको हुँ ।’ उनले भने,‘पीडितको नामका आएको रकम सवैलाई बाँडेर भएपनी समस्याको सावधान गरिनेछ ।’