२०८१, ७ बैशाख शुक्रबार

जुम्ली युवाहरुको कृषि मोह बढ्दैः उत्पादन बेच्ने बेलामा बिचौलियाको मात्रै बिगबिगी ।।

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

सुर्खेत : पछिल्लो समय जुम्लाका युवाहरुको रोजगारीको प्रमुख गन्तव्य कृषि पेशा बनिरहेको छ । अधिकांस युवाहरु पढाई वा रोजगारको लागि ब्यवसायिक रुपमा कृषि पेशा अंगाल्न थालेका हुन । जसले गर्दा कृषि उत्पादन बढ्न थालेको छ ।
कर्णाली प्रदेश सरकारको भूमी, ब्यवस्था तथा कृषि सहकारी मन्त्रालयले पनि प्राथमिकतामा दिदै आएको छ । मल, बीउ, सिंचाई, यान्त्रिकरण आदी जस्ता सामाग्री अनुदानको रुपमा दिदै आएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । ‘युवाहरू पनि कृषिमा उत्साहित भएका छन् ।’ उनले भने, ‘जसले आफ्नो बुबा आमाले गर्दै आएको परम्परागत पेसालाई नै आधुनिक बनाएर आयआर्जन गरिरहेका छन् ।’
त्यसमध्येका एक हुन् । कनकासुन्दरी गाउँपालिका–१ का कर्णसिंह कठायत । कठायतले एक वर्ष पहिले १२ कक्षा पास गरेर २२ वर्षको उमेरमा नै कृषि पेसालाई अङ्गालेका छन् । उनले कुखुरापालन व्यवसायलाई आम्दानीको श्रोतको रुपमा लिएको बताए । मुगुको राराताल जाने मुख्य सडकमा कर्णाली हेचेरी पोल्टी फार्म छ । उनको फार्ममा अहिले सानाठुला गरी छ हजार बढी कुखुरा छन । उनले कुखुराका चल्ला पनि आफै उत्पादन गर्दै आएका छन् । ‘पढेलेखेर जागिर खानुपर्छ भन्ने छैन,’
‘कृषि पेसाबाट पनि दैनिकी सहज बनाउन सकिन्छ । त्यसै कारण मैले कुखुरापालन व्यवसायमा लागेको हुँ ।’ उनले भने,‘ जुम्लाका नागरिक ब्रोइलर कुखुरा खाना बाध्यछन । महिले यहाको स्थानीय जातको कुखुरा उत्पादन गरी आत्मा निर्भर बनाउने सोचमा छु ।’
बेच्ने बेलामा बिचौलियाको मात्रै बिगबिगी
बजार राम्रै भए पनि हरेक चिजहरू बेच्ने बेलामा बिचौलियाको मात्रै बिगबिगी हुने गरेको कडायतले बताए । ‘हामी किसानले उत्पादन गरेका वस्तुहरु किसानले सिधै उपभोक्तालाई पु¥याउन सक्ने वातावरण नभएपछि श्रम अनुसारको आम्दानी लिन पाइएको छैन्,’ उनले भने ।
सरकारले कृषिमा अनुदान दिनुभन्दा बजारीकरणको सहज ब्यवस्था गर्न जरुरी रहेको कठायतको भनाई छ । उनका अनुसार अहिले कृषिका हरेक उपजहरू बिक्रि गर्दा बिचौलियाबाट नै गरिन्छ । त्यसैले पनि किसानहरूले मूल्य नपाउने र उपभोक्ताहरुलाई बढी मूल्य परेर मारमा पर्ने स्थिति सृजना भएको हो ।
त्यस्तै २०६० साल देखि एसएसी पास गरेर कृषि पेशा अगालेका चन्दनाथ ५ का निरोजराज गिरी स्याउ, ओखर, लशुन, आलु, सिमि उत्पादनबाट बार्षिक १२ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । उनी स्याउका चना, जुश ,जेली, बनाउँछन । उनले भने आफ्नै लगानीमा ब्यवसाय सुरु गरेको बताए । गिरी भन्छन,‘मसँगै पढेका कोही शिक्षक बनेका छन् । कोही डाक्टर बनेका मलाई कृषि पेशा गर्न देखेर उनीहरु गोठालो अथवा जंगलीको संज्ञा दिने गर्थे ।’
तर, आफु आफ्नो पेशाबाट खुसी भएको उनको भनाई रहेको छ । किनकी उनी मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् । कृषि क्रान्ति नभए देशमा भोकमरी हुने उनको भनाइ रहेको छ । जुन ठाउँमा रोजगारी भएपनि दैनिक छाकटार्नका लागी कृषि नै चाहिने भएकाले आफुले कृषि पेशा रोजेको बताए ।
त्यस्तै, २०७४ सालको निर्वाचनमा तातोपानी गाउँपालिकाको उपाध्यक्ष पदमा गंगा देवी उपाध्यायले ५ वर्षको कार्यकाल सकिएपछि अब आफ्नो पाइला कालिजपालन तिर मोडेकी छन् । उनी भन्छिन, ‘नेपाललाई कृषि प्रधान देशको रूपमा परिभाषित गरिएको छ । तर, यहाँ त्यसो हुन सकेको छैन् ।’
उनको नाममा गौतम पशुपंक्षी पालन फार्म छ । हरेब कुरालाई फरक ढंगबाट गर्न खोज्ने उनले कालिजपालन आफ्नै कर्मथलोमा परिणत गरेकी छन् । उनी भन्छिन,‘ ५० लाखको लगानीमा व्यवसायिक कालिज पालन गरकी छुँ । यसमा श्रीमान श्रीमती दुवैको उतिकै हात छ । हामीले ठुला कालिज मात्रै पालन नगरेर कालिजका चल्लासमेत उत्पादन गरेका छौं । पूर्व उपाध्यक्ष गंगादेवी उपाध्यायले भनिन,‘जुम्लामा कालिज पालनको राम्रो सम्भावना छ ।’
त्यस्तै, पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले जुम्लामा कालिजको चल्ला उत्पादन गर्ने ब्यवसाय यो पहिलो भएको बताए । उनका अनुसार यो ब्यवसायले राम्रो फट्को मार्न सके यहाका युवाले रोजगारी पाउने बताए ।