२०८०, १८ आश्विन बिहीबार

रैथाने बालीको उत्पादन बृद्धि गरौ

सुर्खेत  : कर्णाली हिमाली क्षेत्रमा परम्परादेखि नै खेती गरिदै आएका आलु, मकै, सिमि , फापर. गहु, जौ, उवा, चिनो, कागुनो, लट्टे, कोदो आदि त्यसैगरी तराइमा लगाइने रैथाने धान, तरकारी, गहुँ, रहर, आलस आदिका जातहरुबाट बनाइने परम्परागत खाद्य परिकारहरुमा स्वाद कम हुने भए तापनि पौष्टिक तत्वका साथै औषधीय गुणमा पनि धनि हुन्छन । यसका साथै यिनीहरु चिसो तथा सुक्खा सहने, रोगकिरा कम लाग्ने, रुखो तथा पाखो जमिनमा पनि बढी फल्ने र बजारभाउ पनि राम्रो पाइन्छ ।
खाद्यान्न खरिद गर्न ब्यापारीहरु घरघरमा पुग्नुलाई कर्णालीको आयस्तर पनि बृद्धि हुनु हो । कर्णालीमा उत्पादन हुने अन्नबालीहरुलाई सेतो चामलसँग ब्यापारीहरुले साट्ने गरेको एक केजी बराबर दुई केजी सेतो चामल दिने गरे छन् । ब्यापारी स्थानीय रुपमा उत्पादन हुने अन्नबाली खरिद गर्न गाउँ गाउँमा पुग्नुले स्थानीय बालीको उत्पादनमा बृद्धि गरेको छ । किसानको आम्दानीको स्रोतको बृद्धि गरेको छ । कर्णालीमा उत्पादन हुने अन्नबाली ब्यापारीहरुले गाउँ गाउँबाट नै उठाउन थालेपछि नेपाल खाद्य संस्थानले खरिद गर्ने गरेको कर्णाली सिमी, फापर, चिनो, कागुनोको लक्ष्य खरि हुन सकेको छैन् । यसका लागि उत्पादन बृद्धिमा नै जोड दिन आवश्यक रहेको छ ।