२०८१, ८ माघ मंगलवार

जबरजस्ती करणी प्रयास

सुर्खेत : रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ खलंगामा जबरजस्ती करणी प्रयास गर्ने दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ३० वर्षीय रामबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको छ।

वडा नम्बर १ खलंगाको बह्राटाकुरामा अवस्थित झोलुंगे पुल नजिकै एक महिलालाई जबरजस्ती करणीको प्रयास गरिएको थियो।

घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि नजिकै छ। आइतबार साँझ काम सकेर घर फर्कदै गरेकी महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा वलीलाई पक्राउ गरेको जिल्ला प्रमुख प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए।

उनका अनुसार ओलीमाथि जबरजस्ती करणी उद्योगमा जाहेरी दरखास्त दर्ता भएको छ। साथै सोमबार जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी सोतीले बताए। जबरजस्ती करणी प्रयास गरेको र आफूलाई पुलबाट खसाउने प्रयास समेत गरेको पीडित महिलाले बयान दिएको प्रहरीले जनाएको छ। घटनाको बारेमा थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।