२०८१, ७ बैशाख शुक्रबार

भारतीय सद्गुरु कैलाश मानसरोवर दर्शनका लागि हुम्ला पुगे

सुर्खेत । चीनको कैलाश मानसरोवर दर्शनका लागि भारतीय सद्गुरु नेपाल आएका छन् । चर्चित धार्मिक सद्गुरु (जग्गी वासुदेव) को टोली नेपाल आएको छ । हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्वपूर्ण तीर्थस्थल कैलाश मानसरोवरको दूर दर्शनका लागि सद्गुरु हुम्ला पुगेका हुन् ।

कोरोनाका कारण चिनियाँ पक्षले हिल्सा नाका बन्द गरेपछि पहिलो पटक सद्गुरु सहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुगेका हुन् । उनी बिहीबार बिहान तारा एयरको विमानमार्फत हुम्लाको सिमकोट विमानस्थल पुगेका छन् । सद्गुरुको टोलीले पैदल मार्गबाट लाप्चा पुगेर मानसरोवरको दर्शनका साथै पूजा पाठ गर्ने बताइएको छ ।