२०८१, १ बैशाख शनिबार

जेसीजको क्षेत्र सम्मेलन वीरेन्द्रनगरमा

सुर्खेत । नेपाल जेसीजको क्षेत्र (घ) अन्तर्गत सम्मेलन वीरेन्द्रनगरमा हुने भएको छ । भदाँै ११ र १२ गते वीरेन्द्रनगरमा हुने सम्मेलनमा देशैँ भरीका जेसीजहरुको सहभागिता रहने छ । पछिल्लो समय कोरोनाको जोखिम कायमै रहेका कारण सम्मेलन भौतिक रुपमा र भर्चुअल रुपमा हुने आयोजनले बताएको छ ।

जस अन्तर्गत जेसिजका मुख्य पदाधीकारीहरु भौतिक रुपमा सहभागि हुनेछन् भने अन्य सदस्यहरु तथा जेसीज संग सम्बन्धीत व्याक्तित्वहरु भर्चुअल मार्फत जोडिने सम्मेलन निर्देशक नन्द बिसीले जानकारी दिए ।

एक व्यक्ति एक पद रही एक वर्ष कार्यकाल रहने प्रमुख विशेषता रहेको जेसीजले हरेक वर्ष नेपालभरी ४ वटा क्षेत्रीय सम्मेलन सम्पन्न गर्ने उद्देश्य अनुरुप क्षेत्र (घ) अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा सम्मेलन हुन लागेको हो ।

कर्णाली प्रदेशलाई पर्यटकीय हिसाबले देशभरी परिचित गराउने उद्देश्य सहित सुरु हुन लागेको यस सम्मेलन मार्फत देशैँभरीका हजरौँ युवाहरुको ध्यान कर्णालीमा केन्द्रीत गर्ने आयोजकले बताएको छ ।