२०७८, ८ आश्विन शुक्रबार

नवजीवनको साधारणसभा, अध्यक्षमा पुनः लामीछाने

सुर्खेत । नवजीवन बाल संरक्षण केन्द्रले आफ्नो १२ आँै साधारणसभा तथा २४ औँ वार्षिक उत्सव मनाएको छ । शनिबार सम्पन्न साधारणसभाले संस्थाको अध्यक्षमा पुनः खडानन्द लामीछानेलाई यचन गरेको छ ।

यस्तै उपाध्यक्षमा पूर्णबहादुर भण्डारी, सविच पार्वती राना, कोषाध्यक्ष रेखा ठकुरी, सह–सचिवमा चन्द्र चौधरी चयन भएका छन् । यस्तै सदस्यहरुमा भक्त बहादुर बस्याल, गंगा नेपाली, कर्णपुलामी, देवी घले आगमि तिन बर्षको लागि चयन भएका छन् ।

शनिबार आयोजना गरीएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रत्नबहादुर बुढा, विशेष अतिथि प्रेम घले, वडा सदस्य दिल बहादुर रखाल , केन्द्रका पूर्व अध्यक्ष खडानन्द लामिछाने सहितको सहभागिता रहेको थियो । कार्यक्रममा केन्द्रको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुन संगै सक्रिय कर्मचारीहरुलाई प्रशांसा पत्र समेत प्रदान गरीएको अध्यक्ष लामीछानेले जानकारी दिए ।