२०८१, १२ बैशाख बुधबार

दशैँभर २२ लाख बढि नेपालीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

सुर्खेत । पछिल्लो तथ्याङ्क अनुसार २२ लाख बढि नेपालीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा सबै प्रदेशका गरेर २२ लाख सात हजार नौ सय ५५ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन् । पछिल्लो समय भारत, चीन तथा अमेरिकाबाट आएको कोरोनाविरुद्धको खोप नेपालका विभिन्न क्षेत्रहरुमा लगाउने क्रम जारी छ ।

कोरोनाको पहिलो र दोस्रो संकट व्यहोरेको नेपालमा तेस्रो लहर आउन सक्ने विग्यहरुले चेतावनी दिएका छन् । पछिल्लो समय देशैभर कोरोना संक्रमितको संख्या बढे संगै निषेधाज्ञा कडा पारीदै गएको छ ।

कर्णालीमा ७६ हजार
तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा ७६ हजार तिन सय ७२ जना बढि नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । कर्णालीमा चीनबाट आएको भेरोसेल, अमेरिकाबाट आएको जोनसोन एण्ड जोनसोन खोप अभियान प्रदेशका विभिन्न स्थानीय तहहरुमा चलिरहेको छ ।

मन्त्रालयले लिएको एक करोड ६५ लाख जनालाई खोप लगाउने लक्ष्य अनुसार हाल सम्म देशभर २२ लाख सात हजार नौ सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । तथ्यांक अनुसार प्रदेश एकमा २ लाख १४ हजार आठ सय ५० जनाले खोप लगाएका छन् । भने दुई नम्बर प्रदेशमा २ लाख ८७ हजार तीन सय २८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

यस्तै, बागमती प्रदेशमा ९ लाख १० हजार ६ सय ७५ जना, गण्डकी प्रदेशमा १ लाख ७७ हजार २ सय ६, लुम्बिनी प्रदेशमा ३ लाख ८४ हजार १ सय ४२ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । भने सुदूरपश्चिममा १ लाख ५७ हजार ३ सय ८२ जनाले पूर्ण खोप लगाएका छन् ।

केहि दिन यता सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयले हेलचेक्र्याइँ नगर्न आम नागरिकलाई आग्रह गरेको छ । संक्रमितको संख्या बढ्दै गए पछि सुर्खेतमा जारी निषेधाज्ञा साउन ३२ गते सम्मको लागि थप गरिएको छ ।
कर्णाली प्रदेशमा हाल सम्म कुल कोरोना संक्रमितको संख्या ३० हजार ८ सय ४९ पुगेको छ । संक्रमित मध्ये २८ हजार ५ सय ५४ जना उपचार पछि निको भएका छन् । हाल प्रदेशभर ८ सय ८० जना सक्रिय संक्रमितहरु रहेका छन् । कोरोना संक्रमित मध्ये हाल सम्म ३ सय ५६ जनाको मृत्यु भएको छ ।