२०८१, ७ बैशाख शुक्रबार

उपकुलपतिको अडियो प्रकरण, ३ दिन भित्र छानविन गर्न माग

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक संगठनहरुले तिन दिन भित्र उपकुलपतिको अडियो प्रकरणबारे छानविन गर्न माग गरेका छन् । नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालयका अध्यक्ष सिंहराज गुरुङ्ग र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल मध्यपश्चिम विश्वविद्यालयका अध्यक्ष रुपेश खत्रीले शुक्रबार संयुक्त रुपमा उपकुलपति प्रा.डा. सिंहलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

यदि छानविन पक्रिया अघि नबढाएको अवस्थामा सशक्त आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने उनीहरुले बताएका छन् । यस अघि विश्वविद्यालयका उपकुलपति प्रा.डा. सिंहको एक घण्टा ५३ मिनेटको अडियो क्लिप बाहिरीएको थियो । जसमा ‘प्रधानमन्त्री शेर बहादुर देउवालाई संसदीय भाषामा कुलपति मानौँला तर मेरो वास्तजिवक कुलपति के.पी. ओली नै हुन् ।’

आफ्ना लागि केपी ओली र जनताको बहुदलीय जनवाद महत्वपूर्ण भएकाले त्यसलाई जनताको बीचमा लिएर जानु आवश्यकता रहेकाले, यसका लागि सडकमा जानु विकल्प नरहेको भन्ने जस्ता अभिव्यक्तिहरु बाहिरिएको थियो । तर उपकुलपति सिंहले पत्रकार सम्मेलन गर्दै उक्त अडियो एनिमेसन भएको बताएका छन् ।