२०७९, २० असार सोमबार

खोपको आशामा नागरिक, मास्क लगाउन सिकाउँदै सरकार

फोटो क्याप्सनः आईतबार सुर्खेतको वीरेन्द्रनगर स्थित जिल्ला समन्वय समितिको हाता भित्र खोप लगाउनेको भिँड । तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर आए संगै गएको बैशाख १४ गते रातीबाट जारी गरिएको निषेधाज्ञा सुर्खेतमा जारी छ । विभिन्न चरणमा गरेर जिल्ला प्रशासन कार्यालयले साउन २२ गते सम्म निषेधाज्ञा जारी राखेको छ । पछिल्लो समय कोरोना संक्रमित हुनेहरुको संख्या थप हुँदै गए संगै पुन निषेधाज्ञालाई कडा पर्ने, सचेतनालाई फैलाउने जिल्ला प्रशासनले तयारी गरेको छ ।

लामो समय सम्म निषेधाज्ञा हुँदा शैक्षिक, आर्थिक, पर्यटन, खेलकदुर लगायतका क्षेत्रहरु नराम्रो संग प्रभावित भइरहेका छन् । विश्वका सबैजसो देशहरुमा खोप अभियानले तिव्रता पाउँदा नेपालमा भने खोप लगाउनको लागि हानथाप गर्नुपर्ने अवस्था छ ।

आईतबार सुर्खेतको वीरेन्द्रनगरमा ‘जोनसन एण्ड जोनसन’ कोरोनाविरुद्धको खोप लगाउन मानिसहरुको थेगिनसक्नु भिँड थियो । उक्त भिँडमा न सामाजिक दुरी कायम गरिएको थियो भने न प¥याप्त मात्रामा मास्क, सेनिटाईजर नै प्रयोग गरिएको थियो नागरिकहरु खोप लगाउनमा आतुर थिए ।

सुर्खेतमा मात्रै नभएर दशैँभर नागरिकहरु खोप लगाउन आतुर भए पनि प¥याप्त मात्रामा खोप आपर्तूी नहूँदा नागरिकले खोप लगाउन पाएका छैनन । जस कारण निषेधाज्ञा, मास्क लगाऔँ अभियान, लगायतका सचेतना मुलक कामहरु भइरहेका छन् ।

पछिल्लो समय सुर्खेतमा जिल्ला प्रहरी कार्यालयले उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, रेडक्रस लगायतका विभिन्न संस्थाहरु संगको सहकार्यमा ‘तपाईको मास्क खै ?’ नामक अभियान चलाइरहेको छ । अभियान अन्तर्गत वीरेन्द्रनगर संगै सुर्खेतका विभिन्न क्षेत्रहरुमा मास्क, सेनिटाईजर वितरण गर्ने, स्वास्थ्य मापदण्ड सम्बन्धी जनचेतना फैलाउने काम गरिरहेको छ ।

यी अभियानले नागरिकमा केहि सचेतना फैलाए पनि दिगो रुपमा समस्याको समाधान गर्न सक्दैन् । बजार क्षेत्रमा धेरै जसो मानिसहरुले मास्क लगाउने गरेपनि केहि मानिसहरुले प्रहरीलाई छल्नकै लागि भए पनि मास्क लगाउने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदम बहादुर बिष्टले बताए ।

‘सचेत नागरिकले निरन्तर मास्क लगाए पनि अन्य व्याक्तिहरुबाट मास्क नलगाएको पाइएको छ,’ उनले भने, ‘कतिपय सुरक्षाकर्मीलाई छल्नको लागि मात्रै चोकमा आएर मास्क लगाउँछन् । उनीहरुले त मास्क आवश्यक नै छैन सोचिसके । तर पनि हामीले जनचेतना फैलाइरहेका छौँ ।’

यो हप्ता जनचेतना फैलाउने नमाने पछि आउने आईतबारबाट मास्क नलगाउनेलाई कारवाही गर्ने उनले बताए । जिल्ला प्रहरीले मास्क नलगाउनेलाई प्रतिव्यक्ति एक सय जरिवाना तोकेको छ ।

बाक्लो जनसंख्या रहेको सुर्खेतको वीरेन्द्रनगरमा असार यता निषेधाज्ञा खुकुलो पारिएको छ । निषेधाज्ञामा पनि राजनीतिक दलहरुका विरोध, आन्दोलन भइरहेका छन् । यसलाई न प्रहरी न त प्रशासनले रोक्न सकेको छ । पछिल्लो समय साउनको तेस्रो हप्ताबाट संक्रमणको दर बढ्दै गएको देख्दा तेस्रो लहर आउने खतरा बढ्दा आजै देखि सचेतना अपनाउँदै गएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बताउँछन् ।

‘लाप्रवाहि गरेको अवस्थामा तेस्रो लहर आउन सक्ने भएकाले आजैबाट सचेतना अपनाएका छाँै,’ उनले भने, हाल सम्म सुर्खेतमा कुल जनसंख्याको ८ प्रतिशतले मात्रै दुई डोज खोप लगाउन पाएका छन् ।’ खोप अभियानलाई तिव्रता दिए पनि प¥याप्त मात्रामा खोप नहुँदा सचेतना मुलक काममा जोड दिएको प्रजिअ रिजालले बताए ।

हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या साठ सय ३७ रहेको छ । पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट एक सय २ जनाको कोरोना परिक्षण गरिएकोमा ५८ र एन्टिजेन विधिबाट एक सय २५ जनाको परीक्षण गरेकोमा ४० जनामा संक्रमण पुष्टी भएको छ । हाल सम्म कर्णालीमा कुल संक्रमित मध्ये तिन सय ५३ जनाको मृत्यु भएको छ ।