२०७८, ८ आश्विन शुक्रबार

सुर्खेतमा ब्राउनसुगर सहित दुई जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउनसुगर सहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ का २० बर्षीया मनबहादुर बुढा र २० बर्षकै हिमाल थापा रहेका छन् ।

उनीहरुलाई २१ ग्राम ९१० मिलिग्राम लागु औषध (ब्राउनसुगर) सहित प्रहरीले पक्राउ गरेको हो । कर्णाली प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले उनीहरुलाई आईतबार साँझ ६ बजे तिर पक्राउ गरेको जानकारी दिएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।