२०७८, ९ आश्विन शनिबार

मप विश्वविद्यालयमा आन्दोलनः निरन्तर वार्ता असफल, आन्दोलन चर्काउने विद्यार्थीको तयारी

फोटो क्याम्पसः शुक्रबार विश्वविद्यालयको वार्ता टोलीले आयोजना गरेको पत्रकार सम्मेलन ।

सुर्खेत । विगत दुई साता देखि मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलन चर्कीरहेको छ । विभिन्न मागहरु राख्दै विद्यार्थी संगठनहरु यकातिर आन्दोलनरत छन् भने अर्को तिर प्राध्यापकहरु विभिन्न मागहरु राख्दै आन्दोलनमा छन् ।

विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनले साउन तिन गते वैकल्पिक माध्यामबाट परीक्षा हुनुपर्ने, विद्यार्थीको फि मिनाह गर्नुपर्ने लगायतका १८ बुँदेमागहरु राख्दै आन्दोलनमा उत्रिएको छ । अन्दोलका कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले विश्वविद्यालय केन्द्रीय क्याम्पसमा तालाबन्दी गर्ने, नाराबाजी, मसाल जुलुस, तोडफोड सम्मका कामहरु गरिरहेका छन् ।

विद्यार्थीलाई आफुखुसी नम्बर दिएको आरोपमा कारवाहीमा परेका विश्वविद्यालयका उप–प्राध्यापक विश्वनाथप्रसाद यादवको कारवाही फोकुवा लगायतका १५ बुँदे मागहरु राख्दै नेपाल राष्ट्रिय प्राध्यापक संगठन आन्दोलनमा उत्रिएको छ । यता विभिन्न १३ बुँदे मागहरु राख्दै प्रजातन्त्रवादी प्राध्यापक संग, नेपालले साउन ११ गते विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाएको छ ।

यसरी विद्यार्थी एकातिर अर्को तिर प्राध्यापकहरु आन्दोलनमा उत्रिएको अवस्थामा विश्वविद्यालयमा विभिन्न मितिमा तोकिएका परीक्षाहरु अन्वलमा परेका छन् । आन्दोलमा अघि बढाइएका मागहरु वार्ता र संवादबाट मात्रै समाधान गर्न सकिने विश्वविद्यालयले जनाएको छ । विद्यार्थी र विश्वविद्यालय बिच मागपत्रलाई लिएर विभिन्न समयमा छलफल समेत भएको छ । तर वार्ता पूर्ण रुपमा असफल भइरहेको छ ।

वार्ता मार्फत मागहरु पुरा गर्ने कुरामा आफुहरु सकारात्मक भए पनि विश्वविद्यालयले माग पुरा गर्ने विषयमा गम्भिर नभएको विद्यार्थीको आरोप छ । वार्ताको लागि विश्वविद्यालयले कुनै पनि वास्ता नै नगरेको अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालयका ईन्चार्ज मोतिराम रम्तेलले बताए ।

‘विश्वविद्यालयको वार्ता टोली संग एक पटक असफल वार्ता र दुई पटक सामान्य छलफल भएको छ,’ उनले भने, ‘त्यो बाहेक अन्य कुनै पनि सहमति भएको छैन । उपकुलपतिको ईसारामा चल्ने वार्ता टोली संग अहिलेकै अवस्थामा माग पुरा हुने देखिदैन ।’
विद्यार्थीले अनलाईन परीक्षाको लागि मात्रै जोड नगरेको भन्दै उनले विश्वविद्यालयको कार्यविधि अनुसार जुन तरिकाले अध्ययन गरियो सोहि तरिकाले मूल्याङ्कन हुनुपर्ने कुराहरुमात्र उठाएको बताए ।

यदि विश्वविद्यालयले आफ्नो मागहरु पुरा गर्ने बिषयमा कुनै लचकता नदेखाएको अवस्थामा थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक हुने उनको भनाई छ । विद्यार्थी आन्दोलन शशक्त रुपमा अघि बढ्ने १० वटै आंज्ञिक क्याम्पसमा तालाबन्दी हुने, विश्वविद्यालयका सबैजसो कामकाज पूर्ण रुपमा ठप्प हुने उनको भनाई छ ।

यता विश्वविद्यालयको वार्ता टोलीले भने आफुहरु वार्ताको लागि पूर्ण रुपमा तयार भएको बताएको छ । वार्ता टोलीका संयोजक डा. लिलाधर तिवारीले वार्ता मार्फत नै समस्याको समाधान हुने बताए । ‘वार्ता मार्फत नै समस्याको समाधान हुने हो । हामीले अहिले वार्ता मार्फत नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) (विप्लव निकट विद्यार्थी) र अनेरास्ववियु (ओली निकट) विद्यार्थीहरुका माग सम्बोधन भएका छन् ।’

विश्वविद्यालयमा दलिय कारणले विभिन्न विसंगति फैलिरहेको भन्दै डा. तिवारीले कानूनी संयन्त्रमा वार्ता मार्फत नै समस्या समाधान हुने भएकाले विद्यार्थी, प्राध्यापक सम्पूणलाई वार्तामा आउन आग्रह गरेका छन् ।